२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कास्की निर्वाचन क्षेत्र नं १: रु आठ करोडका ७७ योजना सार्वजनिक

अ+ अ-

गण्डकी । कास्की जिल्ला निर्वाचन क्षेत्र नं १ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम एवं प्रदेश भौतिक पूर्वाधार विकास कार्यक्रम २०७७/०७८ अन्तर्गत छनोट भएका योजना सार्वजनिक गरिएको छ ।

पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारी तथा प्रदेशसभा सदस्यद्वय मनबहादुर गुरुङ र दीपक कोइरालाले रु आठ करोड बराबरका ७७ योजना संयुक्तरुपमा सार्वजनिक गरेका हुन् ।

निर्वाचन क्षेत्रअन्तर्गत रुपा गाउँपालिकामा छ योजनामा रु एक करोड २० लाख, मादी गाउँपालिकाका नौ योजनामा रु एक करोड २५ लाख र पोखरा महानगरपालिकाका १० वडामा रु एक करोड ५५ लाख विनियोजन गरिएको प्रतिनिधिसभा सदस्य अधिकारीले जानकारी दिए ।

योजनाअन्तर्गत रुपा गाउँपालिकास्थित रामकोट-रामदी सडकमा रु ५२ लाख, मज्ञ्याङकोट–माउडाँडा सडकमा रु ३० लाख, मादी गाउँपालिका गोर्जे सामुदायिक भवनमा रु २० लाख, कदममार्ग सडक खानेपानी योजनामा रु २५ लाख र पोखरा-२८ स्थित डुडखोला पुलमा रु २५ लाख राखिएको छ ।

त्यसैगरी पोखरा-२७ तालचोक कृषिउपज सङ्कलन तथा बिक्री केन्द्रमा रु २५ लाख, शिवचण्डी मोटर बाटो रुपामा रु २५ लाख, रुपा गाउँपालिका डेरी तथा कृषिउपज सङ्कलन केन्द्रमा रु २० लाखलगायत योजना छनोट गरिएको छ ।

योजना सार्वजनिक गर्दै सांसद अधिकारीले सबैको साथ र सहयोगबाट गुणस्तरीय तथा समयमा विकासनिर्माणका योजना सम्पन्न हुने विश्वास व्यक्त गरे ।

प्रदेशसभा सदस्य गुरुङ र कोइरालाले सडक, खानेपानीसंँगै उत्पादनमा जोड दिने गरी योजना छनोट गरिएको जानकारी दिँदै पुस महिनाभित्र योजना सम्झौता गरिनुपर्नेमा जोड दिए । जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षेत्री अधिकारीले विकासनिर्माणको अनुगमनलाई प्रभावकारी बनाइँदै आएको बताउँदै यसमा सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिए ।