काठमाडौँ । केही दिन यता लगातार उकालो लगेको सुनको मुल्य आज भने ७०० रुपैयाँले घटेको छ ।
हिजो तोलामा १५ सय रुपैयाँले बढेर ९४ हजार एक सय रुपैयाँ पुगेको सुनको मुल्य आज ९३ हजार ४ सय रुपैयाँमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा नै सुनको मुल्यमा घटबढ भइरहेकाले नेपाली बजारमा पनि मुल्यमा उतारचढाव आइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदी पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।