१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार्जिङ स्टेशन निर्माणका लागि आठ पालिकाले रुचि देखाए

अ+ अ-

वाग्मती । वाग्मती प्रदेश सरकारले सञ्चालन गर्न लागेको विद्युतीय गाडीका लागि चार्जिङ स्टेशन (विद्युत् पुनःभरण केन्द्र) निर्माण गर्न यहाँका आठ स्थानीय तहले जग्गा उपलब्ध गराउन इच्छा देखाएका छन् ।

सरकारले स्टेशन निर्माणका लागि जग्गा उपलब्ध गराउने सम्बन्धी आशयपत्र प्रस्तुत गर्न प्रदेशका ११९ वटै स्थानीय तहलाई आह्वान गरेर सूचना प्रकाशित गरेको थियो । सरकारको आह्वानपछि चितवनको भरतपुर महानगरपालिका, मकवानपुरको हेटौँडा उपमहानगरपालिका, धादिङको गल्छी गाउँपालिका, काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका, शङ्खरापुर नगरपालिकालगायत आठवटा स्थानीय तहले चार्जिङ स्टेशन निर्माणका लागि जग्गा उपलब्ध गराउने आशयपत्र मन्त्रालयमा प्रस्तुत गरेको प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डका नवनियुक्त निमित्त कार्यकारी निर्देशक डा. सहदेव भण्डारीले जानकारी दिए ।

वाग्मती प्रदेशका धुलिखेल, भरतपुर, काठमाडौँ उपत्यका, हेटौँडा, नुवाकोट र सिन्धुलीमा विद्युतीय बस सञ्चालनका लागि सातवटा रुट तय गरिएको छ । चार्जिङ स्टेशन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण, नगर विकास कोष, स्थानीय तह र प्रदेश सरकारले संयुक्तरुपमा काम अगाडि बढाउने तयारी भइरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

वाग्मती प्रदेश सरकारको पहिलो नीति तथा कार्यक्रममा विसं २०८५ वैशाखसम्म खनिज तेलबाट चल्ने सवारी साधनलाई विद्युतीय र वैकल्पिक ऊर्जाबाट चल्ने साधनले विस्थापित गर्ने निर्णय गरेको थियो । सो कार्यका लागि प्रदेश सरकारले यातायात सञ्चालन तथा व्यवस्थापन बोर्ड गठन आदेश-२०७७ समेत जारी गरेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयालले जानकारी दिए । ‘हाल बोर्डका निमित्त कार्यकारी निर्देशकमा डाक्टर सहदेव भण्डारीलाई जिम्मेवारी तोकेर काम अगाडि बढाइएको छ’, उनले भने । मन्त्री फुयालले बोर्डको कार्यकारी निर्देशक एकजना र उपकार्यकारी निर्देशक दुईजनाको पदपूर्तिका लागि गोरखापत्रमा सूचना प्रकाशित गरिएको जानकारी दिँदै पदपूर्ति खुल्ला प्रतियोगितामार्फत गरिने बताए ।

प्रतिक्रिया दिनुहोस