२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चालकको मृत्युका कारण तनावग्रस्त बनेको दुम्किवासको अवस्था सामान्य, बन्द राजमार्ग खुल्यो

अ+ अ-

कावासोती । ट्र्याक्टर चालकको मृत्युका कारण स्थानीयवासीले प्रर्दशन गर्दा अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्ग अहिले पूर्णरूपमा सञ्चालनमा आएको छ । तनावग्रस्त बनेको दुम्किवास क्षेत्र अहिले सामान्य बनेको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा गए राति चालकको मृत्युपछि स्थानीयवासीले प्रदर्शन गर्दा पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध भएको थियो । स्थानीयवासीले मृत्युको घटनालाई लिएर प्रहरी कार्यालय घेराउ र राजमार्ग अवरुद्ध गरेका थिए ।

विनयी त्रिवेणी-२ को पहेलीभित्ता भन्ने स्थानको विनयीखोलामा लु३त ८१७५ नंका चालक दाङ राजापुर गाउँपालिका-४ निवासी २४ वर्षीय हरिश्याम यादवको मृत्यु भएपछि स्थानीय आक्रोशित बनेका थिए । प्रहरीको कुटाइबाट यादवको ज्यान गएको भन्दै स्थानीयवासीले इलाका प्रहरी कार्यालय दुम्किवासमा प्रदर्शन गर्दै राजमार्ग अवरुद्ध पारेका थिए । प्रहरीले भने भाग्ने क्रममा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको बताएको छ ।

प्रहरीले अहिले प्रदर्शनकारीलाई हटाएर राजमार्ग खुलाएको छ । स्थानीयवासीले घटनाको छानबिनको माग राखेका छन् । मृतक यावदको शव भरतपुरमा रहेको छ । शवको परीक्षण गरिने र आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइने इलाका प्रहरी कार्यालय दुम्किवासका प्रमुख प्रहरी निरीक्षक विकास बमले बताए । स्थानीयवासीले घटनाको छानबिन गरी मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिने प्रतिबद्धता नआए पुनः आन्दोलन गर्ने बताएका छन् ।