२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिडियालाई लोककल्याणकारी र समानुपातिक विज्ञापन उपलब्ध गराइने

अ+ अ-

मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पत्रकारिता क्षेत्रलाई देश, जनता र गणतन्त्रप्रति जिम्मेवार बनी सत्य समाचारका माध्यमबाट सरकारलाई मार्गदर्शन दिन आह्वान गरेका छन् ।

नेपाल पत्रकार महासङ्घ मकवानपुरको १६औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले पत्रकारले आफूलाई अनुशासन र मर्यादाको दायरामा रहेर सरकारको स्वस्थ आलोचना गर्दा सरकारले पनि आफूलाई समीक्षा गर्न पाउने बताए ।

प्रदेश सरकारले आफ्नो प्रदेशभित्र स्थापित रेडियो, टेलिभिजन, अनलाइन र छापा सञ्चारमाध्ययमलाई लोककल्याणकारी र समानुपातिक विज्ञापन उपलब्ध गराइने नीति रहेको जनाउँदै उनले प्रदेशमा पत्रकारिता क्षेत्रको विकासका लागि प्रदेश सञ्चार रजिष्ट्रारलाई प्रभावकारी भूमिका निर्वाह गर्न जिम्मेवारी दिइएको बताए । उनका अनुसार सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच सहकार्य गरेर आगामी दिनमा ज्येष्ठ पत्रकारलाई निवृत्तिभरण दिन नेपाल पत्रकार महासङ्घले स्थापना गरेको कोषमा प्रदेश सरकारका तर्फबाट सहयोग गरिने छ ।

सो अवसरमा वाग्मती प्रदेशसभामा प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले सञ्चारगृहले जनताको भावनालाई संवाहकका रुपमा सम्प्रेषण गरी सार्वजनिक गर्दा जनताले प्रत्यक्षरुपमा विकासको पूर्वाधारको अवसर पाउने बताए। वाग्मती प्रदेश, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी र हेटौँडा

उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले सञ्चारगृहलाई आत्मनिर्भर बनाउनका लागि विज्ञापन उपलब्ध गराउन प्रदेश र सङ्घीय सरकारलाई गृहकार्य गर्न सुझाव दिए। पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेल, सचिव रामप्रसाद दाहाल, प्रदेश सञ्चार रजिष्ट्रार रेवती सापकोटा, पत्रकार महासङ्घ, वाग्मती प्रदेशका अध्यक्ष प्रताप विष्ट र सल्लाहकार गिरिजा अधिकारीले सरकारले सञ्चारसम्बन्धी ऐन ल्याउँदा पत्रकार महासङ्घको पनि सल्लाहसुझाव लिनुपर्ने बताए ।

साधारणसभामा पत्रकार महासङ्घ मकवानपुरका सचिव गणेशदर्पण अधिकारीले सङ्गठनको प्रतिवेदन तथा कोषाध्यक्ष सुदीप शिवाकोटीले महासङ्घको वार्षिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभामा सङ्गठनको प्रतिवेदनमाथि छलफल भई पारित गरिएको थियो ।