२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनका गहना नलगाउन आग्रह

अ+ अ-

रसुवा । सुनको गहना लगाएकै कारण स्कुले बालिकाको हत्या भएपछि रसुवा प्रहरीले बालबालिकालाई सुनका गरगहना नलगाउन अभिभावकलाई आग्रह गरेको छ । कालिका गाउँपालिका–१ राम्चे खार्सा क्षेत्रको फैक्रिगाङ निवासी ६ वर्षकी बालिका सुमिना तामाङ विद्यालयबाट घरतर्फ फर्कने क्रममा कानमा लगाएको १० हजार बराबरको सुनको मुन्द्राकै कारण यही मङ्सिर २१ गते ज्यान गुमाउन परेपछि यस्ता घटना रोक्न रसुवा प्रहरीले गहना पहिरन गर्ने वा गराउने कार्य न्यूनीकरण गर्ने अभियान शुरू गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार यस्ता अपराधिक घटना रोक्न बालबालिकालाई सुनका कुनै पनि गहना पहिरन नलगाउने, अपरिचित व्यक्तिले दिएका चाउचाउ, बिस्कुट, चकलेटजस्ता चीज नखान उनीहरूलाई सचेत गराउने र पठनपाठनका लागि अभिभावक आफैँले विद्यालय लाने ल्याउने वातावरण मिलाउनेजस्ता विषयमा सचेतना अभियान शुरू गरिएको हो । कोभिड–१९ को समस्या समाधान भएपछि सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विद्यालयस्तरीय सचेतना कार्यक्रमसमेत सञ्चालन गर्ने तयारी भएको प्रनाउ सुवेदीले जानकारी दिए । ठूला मान्छेले पनि सकभर गरगहना नलगाउने र लगाउनै पर्ने कुनै उत्सव पर्वजस्ता अवस्था आए हात तथा गला र कानमा लगाइएका सुन सुरक्षित तवरले नजिकको परिचित आफन्तको साथमा मात्र हिँडडुल गर्न प्रहरीले आग्रह गरेको छ ।

ग्राङ प्राथमिक विद्यालयको कक्षा १ मा अध्ययन गरिरहेकी ती बालिका विद्यालय छुटेर घरतर्फ जाँदै गर्दा अपरिचित व्यक्तिबाट अपहरणमा परेकी थिइन् । उनको कानमा सुनको मुन्द्रा देखेपछि चाउचाउ दिएर फर्काइ नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका–५ घर भएकी १९ वर्षे सपना तामाङले अपहरण गरी गाउँभन्दा पर नागर्दुङ ओढारमा लगि बालिका मारेर स्याउलाले छोपी कानमा लगाएको सुन लिई भागेको प्रारम्भिक बयानबाट खुल्न आएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सरोज गिरीले जानकारी दिए ।

गाउँमा बालिका हराएको हल्ला चलिरहेको र खोजतलास व्यापक भइरहेको अवस्थामै घटना घटाउने आशङ्कामा नुवाकोटतर्फ फर्कदै गरेकी अपरिचित सपना तामाङलाई स्थानीय बासिन्दाको सहयोगमा कालिकास्थान प्रहरीले धैबुङ घुम्ती बजारबाट २२ गतेनै नियन्त्रणमा लिएको थियो । प्रहरी नियन्त्रणमा रहेकी आरोपित ती महिलाप्रति थप अनुसन्धान भइरहेको छ । एक होटलबाट नियन्त्रणमा लिएको भोलिपल्ट बालिकाको शव प्रहरी र स्थानीय बासिन्दाको टोलीले ढुङ्गाको ओढारमा फेला पारेको प्रहरीले जनाएको छ । गाउँ नजिकैको घटना भए पनि भौगोलिक अवस्थाले खोजतलासको क्रममा नेपाल प्रहरी र स्थानीय बासिन्दाले २३ गते दिउँसो बालिकाको शव फेला पारेको बताइन्छ ।

बालिका हत्याको घटनाले आफूलाई अत्यन्तै दुखित तुल्याएको बताउँदै रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले यस्ता घटना दोहोरिन नदिन थप सतर्कताको लागि सुरक्षा निकायलाई निर्देशन दिई सकिएको बताए । यस्तै चालु आर्थिक वर्षको साउनदेखि हालसम्म १६ वटा घटना घटेको छ ।

प्रहरीले दिएको जानकारीअनुसार कर्तव्य ज्यान एक, आत्महत्या तीन, बेवारिसे लास एक, सार्वजनिक अपराध तीन र विभिन्न भवितव्य आठसमेतका घटना घटेको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ । गत आर्थिक वर्षमा भने ५३ वटा घटना घटेको थियो । ती घटनामध्ये गत वर्ष कर्तव्य ज्यान एक, भवितव्य १४ सवारी दुर्घटनाबाट एकसमेत १६ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।