९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेरिङ्देन झरनाको प्रचारप्रसारमा युवा

अ+ अ-

फुङलिङ । ताप्लेजुङको पर्यटकीय गन्तव्यहरुमध्ये पछिल्लो समयमा मेरिङदेन झरना प्रचारप्रसार गर्न युवा लागिपरेका छन् । ताप्लेजुङ एक जैविक विविधता भरिपूर्ण एक पर्यटकीयस्थल हो । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमाल, पाथीभरा मन्दिर, तिम्बुङपोखरी, फुङ्फुङ झरनाजस्ता प्राकृतिक जैविक विविधताले भरिपूर्ण भएको जिल्ला भए पनि कतिपय प्राकृतिक तथा धार्मिक महत्वका स्थलहरु ओझेलमा पर्दै आएको छ ।

त्यस्तै मेरिङदेन गाउँपालिका-१ थिङ्लापुमा रहेको मेरिङदेन झरना पनि प्रचारप्रसारको अभावमा रहेको एक पर्यटकीय महत्व बोकेको मेरिङ्देन झरना पनि एक हो । मेरिङ्देन झरना करीब २५० मिटर लामो रहेको छ । यो १२ महिना निरन्तर झरिरहने झरना हो । मेरिदेन झरनासँगै नजीकै करीब १३० मिटरको अर्को झरना र सँगसँगै अन्य करीब ८० मिटरभन्दा उचाइका चारवटा झरनाको प्रत्यक्ष दृश्यावलोकन सकिने स्थानीयवासी डम्बर ओख्रबोले बताउनुभयो । एकपटक छवटा झरना झरेको सुन्दर मनमोहक दृश्यावलोकन गर्न सकिने स्थान भएकाले स्थानीय युवा पर्यटकीयस्थल बनाउनका लागि प्रचारप्रसार लागिपरेका हुन् ।

मेरिङ्देन झरनाको क्षेत्रमा (ओसाङ्लुङमा) भन्ने स्थान रहेको र सो स्थानमा (बिजुवा) लिम्बू जातिकोे पुजारीको उत्पत्ति भएको मान्यता रहेको स्थानीयवासी आशिष केदम बताउछन् । झरना भएको स्थानबाट नजीकै भएको भिरमाहुरी, मृग, थार, घोरल आदि जैविक विविधताको प्रत्यक्ष दृश्यावलोकन गर्न सकिने स्थान भएकाले एक आकर्षक आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने सक्ने केदम बताउछन् ।

झरनाहरुको दृश्यावलोकनसँगै धार्मिक तथा जैविक विविधताको प्रत्यक्ष अवलोकन गर्न सकिने भएकाले पनि थप पर्यटकीयस्थल बन्न सक्ने सम्भावना रहेको छ । मेरिदेन झरनालाई प्रचार गर्दै मेरिङ्देन झरनासम्म जाने बाटो राष्ट्रिय युवा सङ्घ नेपाल मेरिङ्देनले चार किलोमिटर पदमार्ग निर्माण गर्नुभएको छ । ताप्लेजुङ सदरमुकामदेखि करीब ३० किलोमिटर गाडीमा र तीन घण्टा पैदल यात्रा गरेपछि मेरिङ्देन झरनासम्म पुग्न सकिन्छ । मेरिदेन झरना प्रचारमा आउँदै गरेकाले स्थानीय सरकार मेरिदेन गाउँपालिकाले अध्ययनका लागि प्राविधिक टोली लिएर जाने तयारीमा रहेको मेरिङ्देन गाउँपालिकाका प्रवक्ता सूर्य बराइलीले बताए ।

पर्यटन प्रवद्र्धन गर्नका लागि मेरिङ्देन गाउँपालिकाभित्र प्रचारप्रसारको अभावमा रहेका स्थलहरुको खोजअनुसन्धान गरी आवश्यताअनुसार भौतिक संरचनाहरु निर्माणका साथै प्रचारप्रसार गर्नका लागि बजेट विनियोजन गर्ने गाउँपालिकाको योजना रहेको प्रवक्ता बराइलीले बताए ।

प्रतिक्रिया दिनुहोस