२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घुमुवा तस्करसित मिलेपछि मुख्यालयमा फिर्ता

अ+ अ-

वीरगन्ज । नेपाल-भारत सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा तस्करी नियन्त्रण गर्न खटाइएका घुमुवाले आचरणविपरीत काम गर्न थालेपछि सशस्त्र प्रहरी बल नेपाल छिनमस्ता वाहिनी मुख्यालय प्रदेश नम्बर-२, महोत्तरीले उनीहरुलाई फिर्ता बोलाएको छ ।

प्रदेश-२ का आठ जिल्लामा ६२ जना सशस्त्रका घुमुवालाई सीमा क्षेत्रको निगरानी तथा तस्करी नियन्त्रणका लागि खटाइएकामा उनीहरुले तस्करहरुसँग मिलेर आचरणविपरीत काम गरेपछि उनीहरुलाई कारबाहीस्वरुप महोत्तरीको बर्दिवासस्थित मुख्यालयमा तानिएको छ ।

प्रदेश–२ का आठै जिल्लाका घुमुवाले प्रहरी आचरणविपरीत काम गरिरहेकाले उनीहरुलाई मुख्यालयमा तानिएको स्वीकार्दै प्रदेश नम्बर–२ का सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले भने, ‘ती घुमुवाहरुलाई तानेर उनीहरुलाई भिड नियन्त्रण कसरी गर्ने, आन्दोलनमा ढुंगामुढा भएपछि कसरी नियन्त्रण गर्नेजस्ता ‘रिय रेस’ भन्ने तालिम दिने गरेको छ ।’

ती घुमुवाले सीमानाकाबाट महिनावारी रकम लिएर तस्करी गराउने गरेको सूचनाका आधारमा उनीहरुलाई कारबाहीस्वरुप प्रदेश प्रहरी कार्यालयमा तानिएको भन्दै प्रहरी नायब महानिरीक्षक गौतमले आफू प्रहरी नायब महानिरीक्षक भएर प्रदेश–२ मा आएपछि घुमुवाले तस्करसँगको मिलेमतोमा तस्करी गराइरहेको उजुरी आइपुगेकाले कारबाहीस्वरुप उनीहरुलाई प्रदेश मुख्यालयमा तानिएको बताए ।

यसैबीच, सरुवा भएर प्रदेश नम्बर–२ मा आएका प्रहरी नायब महानिरीक्षक गौतमले सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप चोरी–तस्करी नियन्त्रण गर्न तथा अपराध गरेर लुकेका अपराधीबारे सूचना दिन भारतीय समकक्षीहरुसँग समन्वय गरेको, सशस्त्र प्रहरीको पोष्टमा आफैँ गस्ती गर्ने, दिनरात पेट्रोलियम गस्ती बढाइएको तथा आचरणविपरीत काम गर्ने घुमुवा तथा सशस्त्र प्रहरीलाई निरुत्साहित गर्ने काम भइरहेको बताइएको छ ।