२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश २ का संसदीय दलका नेता मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

अ+ अ-

जनकपुरधाम । प्रदेश २ को नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता सत्यनारायण मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

प्रतिनिधि सभा विघटनपछि दुई भागमा विभाजित भएको नेकपामा अहिले एक पक्षले अर्को पक्षका नेताविरूद्ध कारबाही र पदमुक्त गर्ने होडबाजी नै चलेको छ। सोही क्रममा प्रदेश २ का ओली समूहका नेकपाका संसदीय दलको नेता मण्डलविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो।

विभाजित नेकपा दाहाल-नेपाल समुहले संसदीय दलका नेता मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको हो। ओली समूहमा खुलेर लागेका तत्कालिन नेकपा एमालेका सांसद तथा नेता मण्डलविरुद्ध दाहाल-नेपाल समूहका नेता शत्रुधन महतोको अगुवाइमा रामकुमार यादवमार्फत अविश्वास प्रस्ताव दर्ता गराइएको हो ।

नेकपाका सांसद शत्रुधन महतोका अनुसार नेकपाको ३२ प्रदेशसभा सदस्यमध्ये १७ जनाको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गराइएको हो । यद्यपि दाहाल-नेपाल समूहमा २० जना प्रदेशसभा सदस्यहरुको समर्थन रहेको उनको दाबी छ ।

दर्ता गराइएको अविश्वास प्रस्तावमा गोबिन्द बहादुर न्यौपाने, रुबी कर्ण, प्रमिला देवी यादव, राम कुमार यादव, प्रमोद कुमार यादव, अशोक यादव, मदनशेन प्रसाद श्रीवास्तव, जगत प्रसाद यादव, शत्रुधन महतो, भरत प्रसाद साह, मन्जु कुमारी यादव, बेची लुङ्गेली, रविन्द्र बैठा, डिल्ली प्रसाद उप्रेती, हसिमा खातुन, नागेन्द्र राय यादव र सुन्दर बहादुर विश्वकर्माको हस्ताक्षर रहेको महतोले जानकारी दिए । प्रदेशसभा सदस्य सीता गुरुङ र फुलिया देवी सदाय सम्पर्कमै रहेपनि काठमाडौंमा रहेकाले हस्ताक्षर सम्भव नभएको जानकारी दिए ।

संसदीय दलको नेतामाथि अविश्वास प्रस्तावका लागि एक चौथाइ प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित दलको उपनेतालाई बुझाउनुपर्ने विधान अनुरुप बुधबार नै अविश्वास प्रस्ताव दर्ता गराइएको महतोले जनाए ।