१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टेस्लाका सीइओ एलन मस्क बने विश्वकै सबैभन्दा धनी व्यक्ति

अ+ अ-

काठमाडौँ । इलेक्ट्रोनिक कार बनाउने कम्पनी टेस्लाका सीइओ एलन मक्स विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । बिहीबार टेस्लाको सेयरमा अचानक ठूलो वृद्धि भएसँगै कम्पनीका मालिक एलन मस्कको कुल सम्पत्ति १८५ अर्ब डलरभन्दा धेरै पुग्दा उनी विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका हुन्।

स्पेस एक्स र टेस्ला कम्पनीका प्रमुख मस्कले पहिलोपटक धनाढ्यको सूचीमा तीन वर्षदेखि लगातार शीर्ष स्थानमा रहँदै आएका अमेजोनका जेफ बेजोसलाई हराएका हुन् ।

उनको विद्युतीय कार कम्पनी टेस्लाको मूल्यमा यो वर्ष लगातार वृद्धि भइरहेको छ । जसको बजार भाउ बुधबार अहिलेसम्मकै उच्च ७०० अर्ब डलर बराबर पुगेको हो । यसले टेस्लालाई अन्य ठूला कार कम्पनीहरु, टोयोटा, फक्सवागन, हुन्डाइ, जीएम, फोर्डलाई मिलाउँदा पनि तिनीहरुभन्दा मूल्यवान् कम्पनी बनाइदिएको छ ।

यस्तोमा यो खबरको अनौठो प्रतिक्रिया दिएकाबारे पनि अहिले मस्कको चर्चा भइरहेको छ । व्यक्तिगत सम्पत्तिबारे उनको विचार यस प्रकार रहेको छ, ‘मेरो आधाभन्दा बढी सम्पत्ति पृथ्वीका समस्याहरु समाधान गर्नका लागि समर्पित छ र बाँकी आधाचाहिँ यदि, पृथ्वीसँग कुनै ठूलो तारा ठोक्किएर डाइनोसोर जसरी नै हाम्रो विनाशको दिन आयो भने या तेस्रो विश्वयुद्ध भएको खण्डमा हामी आफैँ विनाशतर्फ लाग्यौँ भने त्यस्तो परिस्थितिमा मानव जीवन जारी राख्न, मंगल ग्रहमा आत्मनिर्भर सहर सुनिश्चित गर्न मद्दत गर्नका लागि प्रयोग हुनेछ ।’

यता, बेजोसको सम्पत्तिमा पनि यो एक वर्षमा धेरै ठूलो वृद्धि देखिएको छ । कोरोना महामारीको अवधिभरि अमेजोनले अनलाइन स्टोर र कम्प्युटिङ सेवाको उच्च मागबाट अत्याधिक लाभ कमाएको छ । तर, पारिवारिक झगडाका कारण बेजास यसवर्ष विश्वकै धनी हुन पाएनन् । परिवारमा भएको झगडाका कारण बेजासले आफ्नो सम्पतिको केही हिस्सा आफ्नो श्रीमतीलाई दिनुपरेको थियो । उनको श्रीमतीसँग ‘डिभोर्स’ भएको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस