१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खुला दौड प्रतियोगिताको उपाधि बस्नेतलाई

अ+ अ-

गोरखा । पृथ्वीजयन्तीका अवसरमा आज भएको खुला दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका राम्जी बस्नेतले हात पारेका छन् । गोरखा नगरपालिकाको आयोजना र गोरखा युथ क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगितामा नेपाली सेनाको रणसिंह दल गणमा कार्यरत बस्नेतले निर्धारित दूरी २३ मिनेट २५ सेकेन्डमा पूरा गर्दै पहिलो हुन सफल भएका हुन् ।

प्रतियोगितामा नेपाली सेनाका सुनिल थापाले २५ मिनेट २५ सेकेण्डमा पूरा गर्दैै दोस्रो हुनुभएको छ । प्रतियोगितामा पूर्णबहादुर गुरुङले २५ मिनेट ४५ सेकेण्डमा पूरा गर्दै तेस्रो स्थान हात पार्न सफल भएका छन् । भने नेपाली सेनाका सुरज योगीले २५ मिनेट ५५ सेकेण्डमा दूरी पार गर्दै चौँथो र सुमन मगरले २६ मिनेटमा पार गर्दै पाँचौं स्थान हात पार्न सफल भएको गोरखा युथक्लबका अध्यक्ष सुमन गुरुङले जानकारी दिए ।

तत्कालीन राजा द्रव्य शाहले राज्याभिषेक गरेको ऐतिहासिक पश्लाङचौताराबाट शुरु भएको दौड प्रतियोगिता सतिपिपल हुँदै पाटेचौर, गोरखा अस्पताल, लोकतान्त्रिक चोक, पुरानो बसपार्क, नयाँ बजार, बिपी चोकबाट पदेलीबाट ठूलो आँगनसम्म दूरी कायम गरिएको थियो ।

प्रतियोगिताअन्तर्गत भएको महिला खुला दौड भने गोरखा नगरपालिका सिमलगैरीकी पवित्रा बयलकोटीले जितेकी छन् । उनले ३२ मिनेट आठ सेकेण्डमा पूरा गर्दै प्रथम भएकी हु्न । महिलातर्फको खुला दौड प्रतियोगितमा नेपाली सेनाकी सिर्जना पौडेलले ३२ मिनेट १९ सेकेण्डमा पूरा गर्दै दोस्रो, रिना श्रेष्ठले ३३ मिनेट ४० सेकेण्डमा दूरी पार गर्दै तेस्रो तथा सङ्गीता रानाभाटले ३४ मिनेट ४६ सेकेन्डमा दूरी पार गर्दै चौंथो स्थान हात पार्न सफल भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस