९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती सेवामा महिला सहभागिता बढाउन लोक सेवा तयारी कक्षा सञ्चालन

अ+ अ-

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले निजामती सेवामा महिला सहभागिता बढाउन लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ ।

उपाध्यक्षसँग महिला तथा बालबालिका कार्यक्रमअन्तर्गत गाउँपालिकाको भवनमा उक्त तयारी कक्षा सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले जानकारी दिइन्। ‘गाउँपालिकाका महिलालाई सवल र सक्षम बनाउन हामीले उपाध्यक्षसँग महिला तथा बालबालिका कार्यक्रम सञ्चालन गरेका छौँ, यसैअन्तर्गत अहिले निजामती क्षेत्रमा महिला सहभागिता बढाउन लोकसेवा तयारीका लागि निःशुल्क कक्षा सञ्चालन गरेका हौँ’, दवाडीले भनिन् ।

दवाडीका अनुसार लोक सेवा तयारीका लागि ३ लाख बजेट छुट्याइएको छ । यसको साथै गाउँपालिकाका नौ वटा वडामा कोभिड– १९ बाट प्रभावित महिला तथा बालबालिकालाई राहत कार्यक्रम र सीपमूलक तालीम पनि सञ्चालनको योजना रहेको उनले जानकारी दिइन् । महिला तथा बालबालिकाका लागि रु २४ लाख बजेटबाट कार्यक्रम गरिरहेको र प्रत्येक वडाका लागि एक/एक लाख बजेट छुट्याइएको उनले बताइन् ।

गाउँपालिकाका महिला तथा बालबालिका समाजकल्याण शाखा प्रमुख रिता थापाले १८ वर्षमाथि ३६ वर्षसम्मका ३५ महिलाको सक्रिय सहभागिता रहेको जानकारी दिइन्। उनका अनुसार गत माघ २४ गतेदेखि निरन्तर बिहान ८ः०० देखि १०ः०० बजेसम्म र बिदाको दिन १०ः०० देखि ४ः०० बजेसम्म कक्षा सञ्चालन हुँदै आएको छ । नायब सुब्बा र खरिदार तहका लागि सञ्चालित तयारी कक्षामा प्रथमपत्र र द्वितीयपत्रकै कोर्षको पढाइ सञ्चालन गरिएको छ ।

उक्त गाउँपालिका वडा न ४ कि ३४ वर्षीय गीता कुँवरले तयारी कक्षाले परीक्षाका लागि आत्मविश्वास बढेको बताइन् । ‘मलाई पहिलेदेखि लोक सेवाको परीक्षा दिन मन थियो तर खासै अनुभव थिएन, अहिले आफ्नै गाउँपालिकाले तयारी कक्षा सञ्चालन गरेपछि पढ्ने उत्साह मिलेको छ ।’ कुँवरले नासु र खरिदार दुवैका लागि परीक्षा दिने तयारी गरेको बताइन् । अधिकांश विवाहित महिलाको सहभागिता रहेको तयारी कक्षामा अध्ययन सामग्री र पुस्तक पनि गाउँपालिकाले उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस