काठमाडौँ । नेपालमा पश्चिमी वायुको प्रभावका कारण मौसममा आंशिक प्रभाव परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभाव रहे पनि देशभर मौसम सफा रहेको छ।
अहिले देशका केही पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहे पनि अन्य भू–भागको मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ।
शनिवार दिउँसो प्रदेश १ र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने वाग्मती तथा गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रहने विभागको दाबी छ। बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहनेछ।
यस्तै प्रदेश १ तथा बागमती प्रदेशको पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा तथा हिमपात को सम्भावना रहेको बताइएको छ।
राति सुदूरपश्चिम प्रदेश तथा प्रदेश १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ।







