विराटनगर । मोरङ सुन्दरहरैचा नगरपालिका १० बाट लागु औषधसहित ५ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय विराटचौकबाट खटिएको प्रहरी टोलीले सोही स्थान बस्ने ३४ बर्षीय केशव तामाङको कोठाबाट डाईजेल्याप थान–१०, लुपिजेसिक थान–७, एभिल थान–१३ र गांजा फेला पारेको छ ।
प्रहरीले तामाङसहित सोही स्थानका २० वर्षीय एलिस खड्का, १९ वर्षीय सरन मगर, २० वर्षीय राजेश मंग्राती र १८ वर्षीय संजिव मगरलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बेलबारीले बताएको छ ।
तामाङको घरमा लागु औषध बिक्रि–बितरण तथा सेवन गर्ने गरेको गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेको बताइएको छ ।







