२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तराष्ट्रिय छनोटमा परेका तस्वीर

अ+ अ-

टिस्टुङ । नेपालका फोटो जर्नालिष्ट गणेश विष्टले खिंचेका सात तस्वीर अन्तराष्ट्रिय छनोटमा परेका छन् । अन्तराष्ट्रिय श्रमिक महिला दिवस–२०२१ का अवसरमा हेल्प एज इन्टरनेशनलले ज्येष्ठ महिलाको आर्थिक अधिकार र न्यायलाई केन्द्रीय विषय मानेर अन्तराष्ट्रिय रुपमा तस्वीर आह्वान गरेको थियो ।

मकवानपुर, थाहा नगरपालिका–३ का बासिन्दा विष्टले आफूले पठाएका तस्वीरमध्ये सात छनोटमा परेको जानकारी दिए । विश्वका १० देशले सहभागिता जनाएको सो प्रतिस्पर्धामा नेपालबाट एजिङ नेपालमा आबद्ध विष्टले खिंचेका सात तस्वीर प्रारम्भिक छनोटमा परेका हुन् । ‘ज्येष्ठ महिलाको आर्थिक अधिकार र न्याय अभियानमा मेरो समर्थन छ’ भन्ने जनाउन एउटा हातमाथि उठाएर खिंचिएको तस्वीर विष्ट थाहाबाट प्रकाशन हुने ‘विकास खबरपत्रिका’ साप्ताहिक र ‘थाहा टाइम्स’ अनलाइनमा फोटो जर्नालिष्टका रुपमा कार्यरत विष्टले प्रतिस्पर्धाका लागि पठाएका थिए ।

अन्तराष्ट्रिय छनोटमा परेका तस्वीरमध्ये सबैभन्दा बढी (सात) नेपालकै छन् । त्यसपछि कम्बोडिया, फिलिपिन्स र जोर्डनका पाँचपाँच, भियतनाम, केन्या र इथियोपियाका चारचार, अर्जेन्टिना र किर्गिस्तानका तीनतीन तथा थाइल्याण्डका एक तस्वीर प्रारम्भिक छनोटमा परेका छन् ।