काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेको उपकुलपति पदमा नियुक्तिका लागि ३१ जनाको प्रारम्भिक सूची सार्वजनिक गरेको छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति नियुक्तिका लागि सिफारिस गर्न गठन भएका सिफारिस समितिले तयार पारेको प्रारम्भिक सूची स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको हो ।
आवेदन दिनेमध्ये योग्यता, अनुभव तथा व्यावसायिक कार्य योजनाका आधारमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नौ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नौ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १३ जनाको नाम प्रारम्भिक सूचीमा परेका छन् ।