काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यका भित्र पत्राचार हुने चिठी पत्र १२ घण्टा भित्र सम्बन्धित कार्यालयमा अनिवार्य पुग्ने गरी व्यवस्था गर्न परिपत्र जारी गरेको छ ।
मन्त्रालयको प्रशासन महाशाखाले बिहीबार मन्त्रालय मातहतका ३१ वटा निकायलाई परिपत्र गर्दै विभिन्न विभाग, महाशाखा तथा शाखाबाट आउने पत्रको हकमा यस्तो निर्देशन दिएको हो ।
उपत्यकाकै एउटा कार्यालयबाट अर्को सरकारी कार्यालयमा पुग्न महिनौँ लाग्ने गरेको भेटिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालयहरूलाई परिपत्र गर्दै यसमा सुधार गर्न भनेको थियो । सोही अनुसार मन्त्रालयहरूले मातहतका निकायहरूलाई पत्राचार गरी रहेका छन् ।







