२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिदेशीय कप फुटबल : नेपाललाई बङ्गलादेशसित जित्नैपर्ने दबाब

अ+ अ-

काठमाडौँ । त्रिदेशीय कप फुटबलअन्तर्गत नेपालले आज बङ्गलादेशसित भिड्ने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने बङ्गलादेशविरुद्धको खेलमा नेपाललाई जित्नैपर्ने दबाब छ । प्रतियोगिताको फाइनलमा प्रवेश गर्नका लागि नेपालका लागि आजको खेल महत्वपूर्ण रहेको छ ।

फाइनलमा प्रवेश गर्नका लागि नेपालले बङ्गलादेशसँग कम्तीमा बराबरी खेल्नुपर्नेछ । बङ्गलादेश भने यसअघि नै अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गरेको त्रिदेशीय कपको फाइनलमा प्रवेश गरिसकेको छ ।

बङ्गलादेशले कीर्गिस्तानलाई एक शून्य गोलले पराजित गरेको थियो । नेपालले भने आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग गोलरहित बराबरी खेलेको थियो । बङ्गलादेशले दुई गोल अन्तरले जितेको अवस्थामा भने नेपालको फाइनल यात्रा समाप्त हुनेछ । नेपालले कीर्गिस्तानसितको खेलमा फितलो खेल प्रदर्शन गर्यो । कीर्गिस्तानका कप्तान रोतो कार्ड पाएर मैदानबाट बाहिरिए पनि नेपाली टोलीले त्यसको फाइदा उठाउन सकेन ।

पटकपटक गोलको प्रयास भए पनि लक्ष्यमा पुग्न सकेन । नेपाल र बङ्गलादेशले आफ्नो सिनियर राष्ट्रिय टोलीलाई मैदानमा उतारे पनि किर्गिस्तानले भने युथ २३ टोलीलाई प्रतियोगितामा समावेश गरेको छ । फाइनल खेल दशरथ रङ्गशालामा सोमबार हुने आयोजक एन्फाले जनाएको छ । हालसम्म बङ्गलादेशले तीन अङ्क जोडेको छ भने नेपाल र कीर्गिस्तानले एक, एक अङ्क प्राप्त गरेका छन् ।