२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धार्मिक एवं सांस्कृतिक विविधता नै हाम्रो पहिचान हो : मुख्यमन्त्री पौडेल

अ+ अ-

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले धार्मिक एवं सांस्कृतिक विविधता नै नेपालीहरुको पहिचान भएको बताएका छन् । फागु पूर्णिमाको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले प्रेम, सद्भाव र भाइचाराको भावनासहित आपसमा रङहरु लगाएर मनाइने यस पर्वले पहाड र तराईलाई जोडेको उल्लेख गरेका छन्।

‘रङहरुको पर्व फागु पूर्णिमा अर्थात् होलीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पुर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्दछु । प्रेम, सद्भाव र भाइचाराको भावनासहित आपसमा रङहरु लगाएर मनाइने यस पर्वले पहाड र तराईलाई जोडेको छ । त्यसो त धार्मिक एवं सांस्कृतिक विविधता नै हाम्रो पहिचान हो । यसले नै सम्पूर्ण नेपालीलाई एकताको सूत्रमा जोडेको छ । यही एकताको जगमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नु नै आज हामी सबैको प्राथमिक दायित्व हो’, मुख्यमन्त्री पौडेलको सन्देशमा उल्लेख छ ।

पौडेलले कोरोना महामारीको सम्भावित दोस्रो लहरका कारण यस वर्षको होली विगतको जस्तो गरी मनाउन सकिने अवस्था नरहेको उल्लेख गरेका छन् । उनले आवश्यक सावधानीसहित आफ्नो घर परिवारमा सीमित भई होलीपर्व मनाउन अनुरोध गर्दै समृद्ध नेपाल निर्माणको अभियानमा यस पर्वले थप उत्साह एवं उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।