१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘व्यवसायीक प्रशासक’ भएर काम गर्न नवनियुक्त सहसचिवलाई सचिवको निर्देशन

अ+ अ-

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन सचिव एकनारायण अर्यालले नवनियुक्त सहसचिवहरूलाई ‘व्यवसायीक प्रशासक’को रूपमा काम गर्न निर्देशन दिएका छन् ।

सरकारले बिहीबार नियुक्त तथा पदस्थापन गरेका सहसचिवहरूलाई मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन गरेको नियुक्ति पत्र दिन सिंहदरवारमा आयोजित कार्यक्रममा सचिव अर्यालले सो निर्देशन दिएका हुन् ।

सम्बन्धित समाचार : ४४ सहसचिवलाई नियुक्ति तथा पदस्थापन गर्ने मन्त्रिपरिषद्को निर्णय 

‘सहसचिव भनेको सचिवकै लाइनमा पुगेको कर्मचारी हो’, सचिव अर्यालले भने, ‘पदको गरिमा राख्न पनि व्यवसायीक प्रशासकको रूपमा काम गर्नुहोला’

नीति निर्माण तहमा सहसचिवको महत्त्वपूर्ण भूमिका रहने भन्दै जिम्मेवार भएर उक्त भूमिका निर्वाह गर्न पनि भनेका छन् । ‘नीति निर्माण तहमा धेरै ठुलो भूमिका रहने भएकोले त्यसलाई निर्वाह गर्नका लागि आ–आफ्नो क्षेत्रमा दत्तचित्त भएर काम गर्नुहोला’ सचिव अर्यालले नवनियुक्त सहसचिवहरूलाई भने ।

सेवा प्रवाहका सवालमा आम नागरिकस्तरबाट गरिँदै आएको गुनासोतर्फ इङ्गित गर्दै उनले सेवाग्राहीमैत्री भएर काम गर्न सहसचिवहरूलाई भनेका छन् ।

साथै नेपाल अति कम विकसित राष्ट्रबाट स्तरोन्नति भएको अवस्थामा त्यसलाई मिट गर्न कर्मचारीतन्त्रले सेवा प्रवाहलगायत हरेक क्षेत्रमा अझ धेरै काम गर्नुपर्ने चुनौतीहरू रहेको सचिव अर्यालको भनाई छ ।

‘नेपाल अति कम विकसित राष्ट्रबाट स्तरोन्नति भएको हुँदा त्यसलाई मिट गर्न कर्मचारीतन्त्रले सबैभन्दा पहिला सेवा प्रवाहलाई सुधार गर्नुपर्ने छ’, सचिव अर्यालले भने ‘हरेक क्षेत्रमा कर्मचारीको भूमिका अपरिहार्य रहने हुँदा ती सबै खाले चुनौतीहरूको सामना गर्न दत्तचित्त भएर काम गर्नुहोला’

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा समितिले सिफारिस गरेका ज्येष्ठताबाट २२ र कार्य क्षमताबाट २२ गरी ४४ जनालाई सहसचिवमा नियुक्त गर्दै एकमुस्ट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस