२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपतिको निर्देशनमा शिक्षामन्त्री शताब्दी पुरुष जोशी निवासमा

अ+ अ-

ललितपुर । राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ आज वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निजी निवासमा पुगेका छन् ।

शिक्षामन्त्री श्रेष्ठले राष्ट्रपति भण्डारीले आफूलाई इतिहासका धरोहर जोशीको स्वास्थ्य अवस्था, उनका चाहना, समस्या र आवश्यकताबारे बुझेर आफूलाई जानकारी गराउन निर्देशन गरेको भेटघाटका क्रममा बताए ।

उनले भने, ुजीवित इतिहास तपाईँका नाममा सरकारले सत्यमोहन जोशी सामुदायिक विद्यालय खोल्ने निर्णय गरेको छ । मुलुकको जुनसुकै स्थानमा तपाई जहाँ विद्यालय खोलियोस् भन्ने चाहनु हुन्छ, हामी त्यहीँ स्थानमा विद्यालय खोल्ने भएका छौँ । घनावस्ती भएको स्थान जहाँ विद्यालयको अति आवश्यकता छ त्यहाँ विद्यालय खुल्नेछ ।ु जोशीको नामका खोलिने सो विद्यालय दरबार हाइस्कुल जस्तो हुने श्रेष्ठले जानकारी गराए ।

शिक्षामन्त्री श्रेष्ठले संस्कृतिविद् जोशीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने पनि बताए। जोशीको रेखदेख गर्न दुई कुरुवा सरकारले दिने घोषणा गरिसकेको उनको भनाइ थियो ।

जोशीले राष्ट्रपतिले आफूलाई सम्झेर भेट्न पठाएकोमा हर्षित भएको बताए । उनले भने, “मुलुकमा उत्पादन भएका जति पनि लेखक, कलाकारहरू छन् र थिए, तीमध्ये लामो आयु बाँच्ने म नै हुँ ।

राष्ट्रपतिले आफू जीवित छँदै आफ्नो नामको हुलाक टिकट छाप्न टाँचा लगाउँदा ज्यादै खुसी लाग्यो । मुलुकको पिछडिएको स्थान जहाँ बालबालिका अध्ययन गर्ने अवसरबाट वञ्चित भएका छन् त्यहाँ विद्यालय खोलियोस् भन्ने म चाहन्छु ।” ललितपुर महानगरपालिकाले केही समयअघि आफ्नो नाममा चाँदी सिक्का निकालेर प्रयोगमा ल्याउँदा पनि ज्यादै खुसी लागेको जोशीले बताए ।

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले मुलुकको महान् व्यक्तित्व जोशीको नाममा आफूहरूले ललितपुरको पुलचोक हुँदै मङ्गल बजार अनि सुनधारा र त्यसपछि ग्वार्को जाने सडकलाई सत्यमोहन जोशी मार्ग नामकरण गरिसकेको बताए ।

कार्यक्रममा जोशीको नामका खोलिने विद्यालयमा गुणस्तरीय शिक्षकका साथै गुणस्तरीय शिक्षा प्रदान गरिने बताइयो । शताब्दी पुरुष जोशी आउँदो वैशाख ३० गतेदेखि १०१ वर्ष पूरा भएर १०२ वर्षमा प्रवेश
गर्नेछन् ।