सप्तरी । सप्तरीको बोदेबसाईन नगरपालिका–३ मा बाल्टिनमा भरेको पानीमा डुबेर निसासिएर एक नाबालिकाको आज मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय देबिन यादवकी १६ महिनाकी छोरी अस्मिताकुमारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
खेल्ने क्रममा नजिकै रहेको कल(टुबवेल) निर कपडा धुनका लागि पानी भरेर राखिएको बाल्टीनमा उल्टो परेर खसेपछि ती बालिकाको निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ।







