२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इरिट्रियाका सैनिकहरु द्वन्द्वग्रस्त टिग्री क्षेत्रबाट फर्कन थालेको इथियोपियाको भनाई

अ+ अ-

अदिस अबाबा । इथियोपियाको युद्धग्रस्त टिग्री क्षेत्रबाट इरिट्रियाका सैनिकहरु फिर्ता हुन थालेको इथियोपियाले जनाएको छ ।

सात औद्योगिक राष्ट्रहरुको समूह (जी७) का सदस्य मुलुकहरुले टिग्रीबाट सैनिक फिर्ता गर्न आग्रह गरेलगत्तै सैनिक फिर्ती शुरु भएको इथियोपियाले जनाएको छ ।

इथियोपियाका प्रधानमन्त्री अबी अहमदले गत साता इरिट्रियाली सैनिकहरु फिर्ता हुने घोषणा गरेका थिए । इरिट्रियाली सेनाबाट आमहत्या र यौनहिंसाका घटना व्यापक भएको रिपोर्ट सार्वजनिक भएपछि इथियोपियामाथि दबाब सिर्जना भएको थियो ।

टिग्री क्षेत्रका कतिपय शहर र नगर क्षेत्रमा हालैका दिनमा इरिट्रियाली सेनाले गस्ती एवं कारबाही गरेका विवरण सार्वजनिक भएका थिए । जी७ का तर्फबाट शुक्रबार जारी विज्ञप्तिमा इरिट्रियाली सेनाको तत्काल, निःशर्त बहिर्गमन हुनुपर्ने उल्लेख थियो ।

जी७ को विज्ञप्तिमाथि प्रतिक्रिया दिँदै इथियोपियाको विदेश मन्त्रालयले इरिट्रियाली सेना सम्बन्धी प्रक्रिया अघि बढिसकेको स्पष्ट गरेको छ ।

विज्ञप्तिमा टिपीएलएफका कारण सीमा पार गरेर इथियोपियाको टिग्री क्षेत्रमा प्रवेश गरेका इरिट्रियाली सेनाहरु फर्कन थालेको उल्लेख छ । विज्ञप्तिमा इथियोपियाका सेना सीमा क्षेत्रको सुरक्षामा खटिन थालेको पनि जनाइएको छ ।

टिग्री क्षेत्रको सत्तारुढ पार्टी टिग्री पिपुल्स लिबरेसन फ्रन्ट ९टिपिएलएफ० को इथियोपियाको राजनीतिमा झण्डै तीन दशकसम्म निकै ठूलो प्रभाव थियो । तर सन् २०१८ मा प्रधानमन्त्री अबियले चुनाव जितेपछि टिपिएलएफको प्रभाव कमजोर बन्दै गएको छ ।

प्रधानमन्त्री अबियले गत वर्ष नोभेम्बरमा टिग्रीमा सेना परिचालन गरेका थिए । टिपिएलएफले इथियोपियाली सेनामाथि आक्रमण गरेको आरोपमा टिग्रीमा सैनिक कारबाही शुरु गरिएको थियो ।

अदिस अबाबा र अस्मारा दुबैले यसअघि टिग्रीमा इरिट्रियाली सैनिकहरु सक्रिय रहेको कुरा अस्वीकार गर्दै आएका थिए । तर मानव अधिकारवादीहरु, स्थानीय वासिन्दा, कुटनीतिज्ञहरु र केही इथियोपियाली नागरिक एवं सैनिक अधिकारीहरुले इरिट्रियाली सेना टिग्रीमा सक्रिय रहेको बताएका थिए ।

टिग्रीका अन्तरिम नेता मुलु नेगाले यसै साता इरिट्रियाली सेनाको फिर्तीको प्रक्रियामा रहेको र तत्काल सम्भव नरहेको बताएका थिए ।