१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खरिदार तथा नायव सुब्बा स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न

अ+ अ-

अर्घाखाँची । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन, जिल्ला कार्यसमिति, अर्घाखाँचीले सन्धिखर्कमा सञ्चालन गरेको खरिदार तथा नायव सुब्बा स्तरीय १ महिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

मोफसल तथा राजधानी लगायतका स्थानमा गएर पढ्न नसक्नेहरूलाई लक्षित गरी चैत्र २० गतेदेखि सञ्चालन भएको कार्यक्रममा करिब ७० जना प्रशिक्षणमा सहभागी भएका थिए । सहभागीहरूलाई दैनिक २ घण्टाका दरले जिल्लामा मौजुदा उप–सचिव, शाखा अधिकृत तथा नायव सुब्बा स्तरका दक्ष तथा अनुभवी कर्मचारीहरूले प्रशिक्षण गराइएको थियो ।

प्रशिक्षार्थीहरूलाई आधिकारिक ट्रेड युनियनले नोटहरू हार्ड कपि तथा सफ्ट कपी वितरण गरिएको गरिएको कार्यक्रमका सदस्य अरुणकुमार आचार्यले बताए ।

समापन कार्यक्रममा प्रशिक्षकहरूलाई प्रशंसा पत्र र सहभागीहरूलाई प्रमाण पत्र र नेपालको संविधान वितरण गरिएको कार्यक्रमका संयोजक कृष्ण वर्माले जानकारी दिए ।

अभिमुखीकरण कार्यक्रममा विभिन्न समयमा लिइएका परीक्षामा प्रथम सुरज बेल्वासे र द्वितीय हुने मधु पाण्डे मुखियालाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले आधिकारिक ट्रेड युनियनले जिल्लामा रचनात्मक तथा प्रवर्द्धनात्मक क्रियाकलाप गरी रहेको भन्दै आधिकारिक ट्रेड युनियनको प्रशंसा गर्दै आगामी दिनमा पनि यसै गरी लागि पर्न र आवश्यक सहयोग र समन्वयन गर्न आफू तयार रहेको बताए ।

आधिकारिक ट्रेड युनियन जिल्ला कार्यसमिति, अर्घाखाँचीका अध्यक्ष झविन्द्र खनालले आधिकारिक ट्रेड युनियन देशमा १ नम्बर बन्न अग्रसर रहेको भन्दै सहभागीहरूलाई आफूहरूले जुनसुकै समयमा र अवस्थामा पनि समन्वयन र सहकार्य गर्न पछि नपर्ने बताउँदै आधिकारिक ट्रेड युनियनले अब वृत्ति नामक प्राज्ञिक तथा ज्ञानवर्धक पुस्तक प्रकाशन गर्न लागेको समेत जानकारी गराए ।

सोही कार्यक्रममा जिल्लामा सरुवा भएर आउनु भएका विभिन्न कर्मचारीहरूलाई स्वागत समेत गरिएको थियो । समापन कार्यक्रम आधिकारिक ट्रेड युनियनका सह–सचिव तारा प्रसाद पोखरेलले गरेका थिए भने सञ्चालन सदस्य विकल्प भट्टराईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस