९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म माथि बम प्रहार गर्नेलाई गृहमन्त्री बनाएर गल्ती गरे : अध्यक्ष दाहाल

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रामबहादुर थापा बादललाई गृहमन्त्री बनाएर गल्ती गरेको स्वीकार गरेका छन् । आत्मालोचना गर्न रुकुम पश्चिम पुगेका दाहालले पार्टीभित्र आफूलाई साथ दिएकालाई अवसर नदिई घेराबन्दी गर्नेलाई पार्टी र सरकारमा अवसर दिएकोमा पछुतो भएको बताएका हुन् ।

जनप्रशिक्षण कार्यक्रममा मंगलबार बोल्दै दाहालले भने, ‘संविधानसभाको निर्वाचन २०७० सालमा मलाई बम प्रहार गर्नेलाई गृहमन्त्री बनाएर गल्ती गरेँ । पार्टीप्रति, लाइनप्रति इमानदार भएर लागेका, दुःख गरेका कार्यकर्ताहरूलाई मैले प्रत्येक नियुक्ति, पार्टीमा नियुक्ति गर्दा र मन्त्री बनाउँदा प्राथमिकता दिनुपर्नेमा अलिकति गल्ती गरेँ ।’

पार्टीबाट सांसद भएर नेकपा (एमाले) मा लागेका चार मन्त्रीहरूलाई निष्कासनको पत्र संसद् सचिवालयलाई पठाएर रुकुम पूर्वतिर लागेका दाहालले भने, ‘फटाहा(फटाहा टाइपका मान्छेहरूलाई प्राथमिकता दिएको जस्तो भयो । आगामी दिनमा हिजो युद्ध र आन्दोलनमा इमानदारितासाथ लडेका जनता र कार्यकर्तालाई अगाडि बढाउने संकल्प गर्न चाहन्छु ।’

दाहालले संविधान र व्यवस्थामाथिको षड्यन्त्र नरोकिएको पनि दाबी गरे । ‘प्रतिनिधिसभा जोगियो तर षड्यन्त्र रोकिएको छैन । जनयुद्धबाट प्राप्त उपलब्धिमाथिको षड्यन्त्र रोकिएको छैन । समाजवाद उन्मुख संविधान खतरामा छ । संविधानविरुद्ध देशभित्र र बाहिरबाट अनेक खालका प्रपञ्च भइरहेका छन् । हामी त्यसका विरुद्ध लडिराखेका छौं,’ दाहालले भने ।

मुलुकमा निरंकुशतन्त्र ल्याइदिए हुन्छ भन्ने केही शक्तिलाई लागेको तर जनताले त्यस्ता शक्तिलाई परास्त गर्ने दाहालको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस