२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगलागी र सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु

अ+ अ-

काठमाडौँ । पर्सा, धादिङ, भोजपुर र कैलाली जिल्लामा बुधवार भएका सडक दुर्घटना, सुनसरीमा करेन्ट लागेर तथा प्यूठानमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ ।

प्यूठानको गौमुखी गाउँपालिका–३ रजवारास्थित रमेश रानाको गोठमा आगलागी हुँदा उनका ७ वर्षीय छोरा हिमाल र ३ वर्षीया छोरी चन्द्रकलाको तथा इटहरी उपमहानगरपालिका–५ शान्ति चोकमा डिसहोमको तार जोड्ने क्रममा ललितपुरको महाकाल गाउँपालिका–४ का २४ वर्षीय जितेश दुलालको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

टीकापुर नगरपालिका–१ सन्त निरंकारी चोकमा मोटरसाइकलले ठक्कर दिँदा ६० वर्षीया पदमा साउँद तथा भोजपुरको हतुवागडी गाउँपालिका–२ लुङ्गिनस्थित सडकमा ट्याक्टर पल्टिँदा त्यसका सहचालक २० वर्षीय नवीन राईको घटनास्थलमै मृत्यु भएको छ ।

धादिङको खनियाबाँस गाउँपालिका–२ डुन्डुरेमा सडकबाट खस्दा रुविभ्याली गाउँपालिका–५ लापा बस्ने १४ वर्षीय अनिल तामाङको पनि घटनास्थलमै मृत्यु भएको तथा वीरगञ्ज महानगरपालिका–३१ न्यकाटोलमा ट्रयाक्टरको ठक्करबाट ७ वर्षीय शेख साहिदको ज्यान गएको जनाइएको छ ।