२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिपक्षको अवरोधपछि प्रदेशसभा बैठक वैशाख ५ गतेसम्मका लागि स्थगित

अ+ अ-

मोरङ । प्रदेश-१ को प्रदेशसभा बैठक प्रतिपक्षी दलहरुले अवरुद्ध गरेका छन् । सोमबार बसेको प्रदेशसभाको बैठक नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अवरुद्ध गरेका हुन् ।

प्रतिपक्षी दलले अवरोध गरेपछि प्रदेश १ को प्रदेशसभा बैठक वैशाख ५ गतेसम्मका लागि स्थगित भएको छ । उपसभामुख सरस्वती पोखरेलले प्रदेशसभाको सातौ हिउँदे अधिवेशनको आठौं बैठक वैशाख ५ गते दिउँसो १ बजे सम्मका लागि स्थगित गरेकी हुन् ।

जारी हिउँदे अधिवेशनमा प्रतिपक्षी दलहरुले चालु वर्षका लागि स्वीकृत कार्यक्रमहरु सुचारू गर्नु पर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका बहुवर्षे विकास आयोजनाको काम सुचारु गर्नुपर्ने माग राखेर बैठक अवरुद्ध गरेका हुन् ।

मुख्यमन्त्रीले सोमबार बिहान बैठक आह्वान गरेका थिए । उक्त बैठकमा विपक्षी दलले आफ्ना माग दोहोर्‍याएका थिए । तर मुख्यमन्त्री राईले उक्त मागहरू तत्काल पूरा गर्न नसकिने बताएपछि बैठक बिनानिष्कर्ष टुंगिएको थियो ।

प्रतिपक्षीको माग सम्बोधन गर्न सरकार तयार नदेखिएपछि सभाको बैठक अवरोध गरेको जनता समाजवादी पार्टी प्रदेश १ संसदीय दलका नेता जयराम यादवले जानकारी दिए ।

संसद अवरोध गर्नुअघि सम्बोधन गर्दै उनले सरकार आफ्नो खुट्टामा उभिन नसकेको बताए । सदनबाट पारित भएको बजेट कार्यान्यन गर्न नसक्ने प्रदेश सरकारले आफ्नो असक्षमता देखाएको उनले बताए । सरकारलाई जवाफदेही बनाउनका लागि बैठकमा अवरोध गरिएको उनले बताए ।