११ मंसिर २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीन भ्रमणबाट प्राप्त अनुभव कार्यान्वयनमा लैजान रास्वपा सभापति लामिछानेको निर्देशन

चिनियाँ कम्युनिष्ट पार्टीसँग राजनीतिक विश्वास अभिवृद्धि, नीतिगत तथा सांगठनिक अनुभव आदानप्रदान र सुशासन एवं विकासमा सहकार्य विस्तारबारे भएको छलफलको जानकारी महामन्त्री आचार्यले सभापति लामिछानेलाई गराएका छन् ।

अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चीन भ्रमणका क्रममा प्राप्त अनुभव र भएका राजनीतिक छलफललाई पार्टीको सांगठनिक गतिविधि तथा मुलुकको विकासमा उपयोग हुने गरी कार्यान्वयनमा लैजान निर्देशन दिएका छन् ।

चीन भ्रमण सकेर स्वदेश फर्किएका पार्टी महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको प्रतिनिधिमण्डलबाट शुक्रबार भ्रमणबारे जानकारी लिएपछि लामिछानेले यस्तो निर्देशन दिएका हुन् ।

महामन्त्री आचार्यको नेतृत्वमा नोभेम्बर १५ देखि चीनका सिचुवान, चच्याङ र बेइजिङको भ्रमण गरेको २० सदस्यीय प्रतिनिधिमण्डल नोभेम्बर २६ मा स्वदेश फर्किएको थियो ।

भ्रमणको राजनीतिक पक्षबारे जानकारी गराउँदै आचार्यले चिनियाँ कम्युनिष्ट पार्टीका नेता ली शुलेईसँग भएको विस्तृत उच्चस्तरीय भेटवार्ता तथा केन्द्रीय तहदेखि काउन्टी तहसम्मका नेताहरूसँग भएको संवादबारे सभापतिलाई अवगत गराएका थिए ।

भेटवार्तामा दुई पार्टीबीचको बहुआयामिक सम्बन्ध विस्तार, पारस्परिक राजनीतिक विश्वास सुदृढीकरण, नीति तथा संगठन सञ्चालनका अनुभव आदानप्रदान र सुशासन एवं विकासका क्षेत्रमा अन्तरपार्टी सहकार्यबारे छलफल भएको रास्वपाले जनाएको छ ।

चिनियाँ पक्षसँगको भेटमा नेपाल–चीन द्विपक्षीय सहकार्यका सम्भावनाबारे पनि खुला छलफल भएको महामन्त्री आचार्यले जानकारी गराएका छन् ।

प्रतिनिधिमण्डलले विभिन्न उद्योग तथा व्यावसायिक प्रतिष्ठानको अवलोकन र अन्तरक्रिया गर्नुका साथै विपद्पूर्वको तयारी तथा विपद्पश्चात् अपनाइने रणनीतिबारे अध्ययन र छलफल गरेको थियो ।

सभापति लामिछानेले भ्रमणका क्रममा स्थापित उच्चस्तरीय राजनीतिक संवाद, प्राप्त सिकाइ र छलफलका विषयलाई व्यावहारिक कार्यान्वयनमा लैजान महामन्त्री आचार्यमार्फत प्रतिनिधिमण्डललाई निर्देशन दिएका छन् ।

0 Comments