११ मंसिर २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँकेमा अझै सुरु भएन धान खरिद प्रक्रिया

अ अ+ अ-

राँझा (बाँके) । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेमा धान खरिद प्रक्रिया अझै सुरु गर्न सकेको छैन । कम्पनीको केन्द्रीय कार्यालयले गत वर्षको तुलनामा आधा मात्र धान खरिद गर्ने कोटा निर्धारण गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपालगञ्ज परिसरसमेत सुनसान बनेको छ । 

यस वर्षका लागि २० हजार क्विन्टल धान खरिदको कोटा माग गरी पठाइएकामा माग गरेभन्दा आधा अर्थात् १० हजार क्विन्टल मात्रै कोटा निर्धारण भएर आएकाले हालसम्म धान खरिद प्रक्रिया सुरु गर्न नसकिएको कम्पनीको नेपालगञ्ज कार्यालयका प्रमुख रामशरण लामिछानेले जानकारी दिए। उनका अनुसार, अहिले तोकिएको कोटाले बाँकेका किसानसँग धान खरिद व्यवस्थापन गर्न कठिन भएको प्रमुख जिल्ला अधिकारीको संयोजकत्वको प्राथमिक खरिद समितिले २० हजार क्विन्टल धान खरिदका लागि माग गरेर पुनः कम्पनीको केन्द्रीय कार्यालयमा पत्राचार गरिएको छ । कोटा बढेर आएमा खरिद प्रक्रिया सुरु गरिने उनले बताए । 

“कोटा बढाउन केन्द्रीय कार्यालयमा पत्राचार गरिए पनि हालसम्म कुनै जानकारी आएको छैन”, कार्यालय प्रमुख लामिछानेले भने, “कोटा थप हुने सम्भावना टर्दै गएको छ, धान बिक्री गर्ने किसान धेरै भएकाले १० हजार क्विन्टल खरिद प्रक्रिया सुरु गर्न नसकिएको हो ।”

गत वर्ष २० हजार क्विन्टल धान खरिदको कोटा तोकिएकामा नेपालगञ्जस्थित मुख्य कार्यालयले कोटाअनुसार नै धान खरिद गरेको थियो । पछिल्ला केही वर्ष लगातार धान खरिदको कोटा घटिरहेको छ । गत आर्थिक वर्ष २०८२/८३ मा पनि अघिल्लो आर्थिक वर्षको भन्दा आधामात्रै कोटा तोकिएको थियो । गत वर्ष १५ हजार क्विन्टल मोटा धान र पाँच हजार क्विन्टल मध्यम धान खरिदको कोटा तोकिएको थियो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ४० हजार क्विन्टल धान खरिदको लक्ष्य तोकिएकामा नेपालगन्ज कार्यालयले ३२ हजार क्विन्टल मात्रै धान खरिद गर्न सकेको थियो ।  

धान खरिद प्रक्रियामा हुने ढिलाइ र कोटाको कमीका कारण किसानले सरकारी समर्थन मूल्यभन्दा कममा व्यापारीलाई धान बेच्न बाध्य भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष मोटा धानको मूल्य प्रतिक्विन्टल रु तीन हजार ६६० र मध्यमको रु तीन हजार ८६० निर्धारण गरेको छ । तर, व्यापारीले कम्पनीले निर्धारण गरेको मूल्यभन्दा रु एक हजारदेखि रु पाँच सयसम्म सस्तो दरमा धान खरिद गरिरहेको नेपालगञ्ज–१९ सुईयागाउँका किसान ध्रुव थापाले बताए। 

“यस वर्ष धान राम्रै फलेको छ, खाद्यले खरिद गर्ने समयसम्म भण्डारण गरेर राख्ने ठाउँ छैन”, उनले भने, “चाडपर्व खर्च जुटाउन गाह्रो भएकाले पनि यतिबेला किसानले व्यापारीलाई सस्तैमा धान बेच्नु परेको छ ।”

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले महङ्गो दरमा धान खरिद गर्ने भए पनि ढिला गरी खरिद गर्ने र खरिद प्रक्रिया झन्झटिलो रहेका कारण किसानले रु पाँच सयदेखि रु एक हजार प्रतिक्विन्टल कम मूल्यमा व्यापारीलाई सस्तो दरमा धान बेच्ने गरेको थापाले बताए । 

लामो समयदेखि खाद्यलाई धान बिक्री गर्दै आएका किसान यस वर्ष धान खरिदको प्रक्रिया सुरु नहुँदा अन्यौलमा रहेका राप्ती सोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारुले बताए। खेतबाट धान स्याहारीसकेका किसान बिक्रीका लागि प्रतीक्षामा रहेको उनले जानकारी दिए। 

“घरभरी धानले भरिएको छ, थन्क्याउने ठाउँ छैन, खाद्यले अहिलेसम्म खरिद प्रक्रिया सुरु गरेको छैन”, थारुले भने, “व्यापारीलाई नदिएर खाद्यलाई दिन पर्खिएका किसान अहिले अपठयारोमा पर्दै गएका छन् ।”

0 Comments