९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नगरपालिकाका प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना

अ+ अ-

भरतपुर । चितवनको खैरहनी नगरपालिकाले नगरको प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरेको छ । सम्पूर्ण नगरवासीलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने उद्देश्यका साथ नगरपालिकाले १३ वटै वडामा स्वास्थ्य संस्था स्थापना गरेको हो ।

यसअघि खैरहनी–६ मा प्राथमिक स्वास्थ्य केन्द्र खैरहनी, वडा नं १० मा कठार स्वास्थ्यचौकी, वडा नं २ मा चैनपुर स्वास्थ्यचौकी, वडा नं १२ मा कुमरोज स्वास्थ्यचौकी र वडा नं १३ मा नगर स्वास्थ्य क्लिनिक र बाँकी रहेका वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले बताए । खैरहनीको वडा नं १, ३, ४, ५, ७, ८, ९ र ११ मा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरी सेवा प्रवाह शुरु गरिएको अधिकारीले जानकारी दिए ।

यसअघि स्वास्थ्य संस्था नभएका वडाका स्थानीयवासीले अब आफ्नै स्वास्थ्य संस्थाबाट सेवा प्राप्त गर्नेछन् । आधारभूत स्वास्थ्य केन्द्रमा अहेव, अनमी र एक कार्यालय सहयोगी नियुक्त गरिएको छ । वडा नं ४ र ९ को आधारभूत स्वास्थ्य केन्द्रमा हेल्थ असिस्टेन्ट र स्टाफ नर्सले स्वास्थ्य सेवा प्रदान गर्ने नगरपालिका नर्सिङ अधिकृत पूजा गिरीले बताए । केन्द्रबाट परामर्शसहित बिरामीको आवश्यकतानुसार निःशुल्क औषधि वितरणसमेत हुने उनले बताए ।

आफ्नै भवन नभएका केही स्वास्थ्य केन्द्रले सामुदायिक भवनबाट सेवा दिन शुरु गरेका छन् । खैरहनी १, ४, ५ र ८ ले वडा कार्यालयको भवनबाट सेवा दिएका छन् भने वडा नं ७ ले विद्यालयको भवन र ११ ले क्लबको भवनमा केन्द्र स्थापना गरी सेवा प्रवाह शुरु गरेका छन् ।

वडा नं ४ को भवन स्वास्थ्य संस्था राख्न मिल्ने गरिनै निर्माण भएकाले त्यहीँबाट वडावासीले सेवा पाउनेछन् भने वडा नं ३, ९ मा नगरपालिकाले नै छुट्टै भवन निर्माण गरेको खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले बताए । ‘स्वास्थ्य मानवको महत्वपूर्ण पक्ष हो’, नगरप्रमुख चौधरीले भने,‘आधारभूत स्वास्थ्य सेवाबाट अब नगरवासी वञ्चित हुनुपर्दैन, आफ्नै ठाउँबाट सेवा पाउनेछन् ।’ आफ्नो भवन नभएका स्वास्थ्य केन्द्रहरुको अर्को वर्ष भवन निर्माण हुने चौधरीले बताए ।

खैरहनीमा १५ शय्याको अस्पतालसमेत निर्माणको प्रक्रियामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस