२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खाद्य ऐन,२०२३ संशोधनको तयारी

अ+ अ-

काठमाडौँ । खाद्य ऐन २०२३ नयाँ व्यवस्थासहित संशोधनको तयारीमा रहेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ५५ वर्ष अघिको खाद्य ऐन, २०२३ अहिलेको अवस्थामा व्यावहारिक नभएको भन्दै कडा कारबाहीको व्यवस्थासहितको नयाँ ऐन ल्याउने तयारी गरेको हो ।

मानव स्वास्थ्यमा हानी गर्ने गरी अखाद्य र दूषित पेयपदार्थ उत्पादन र बिक्री गर्नेलाई एक लाख रुपियाँसम्म जरिवाना र १० लाख रुपियाँसम्म क्षतिपूर्ति रकम तिर्नुपर्ने व्यवस्थासहितको विधेयक सङ्घीय संसद्मा दर्ता भएको छ ।

विभागका अनुसार परिमार्जित ऐनको मस्यौदामार्फत नियमन क्षेत्र र जरिवानाको दायरा पनि विद्यमान ऐनभन्दा निकै फराकिलो बनाउने तयारी गरेको छ । ऐन परिमार्जन गरेर स्वीकृतिको प्रक्रिया अघि बढाउन कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले विभिन्न प्रक्रिया पूरा गर्दै हाल छलफलका लागि सङ्घीय संसद्मा दर्ता गरिसकेको विभागले जनाएको छ ।

विद्यमान खाद्य ऐनअनुसार न्यूनस्तरको खाद्य पदार्थ उत्पादन, बिक्री–वितरण, निकासी वा पैठारी गर्ने व्यक्तिलाई पहिलो पटक एक हजारदेखि दुई हजार रुपियाँसम्म जरिवाना र दोस्रो पटकदेखि दुई हजारदेखि पाँच हजार रुपियाँसम्म जरिवाना गर्ने व्यवस्था भएकोमा परिमार्जन ऐनको मस्यौदामा भने पहिलो पटक नै १० हजारदेखि २० हजार रुपियाँसम्म र दोस्रो पटकदेखि प्रत्येक पटक २० हजारदेखि ५० हजार रुपियाँँ जरिवाना गर्ने व्यवस्था छ ।

उक्त ऐनअनुसार दूषित खाद्य पदार्थ उत्पादन, बिक्री–वितरण, निकासी वा पैठारी गर्ने व्यक्तिलाई पाँच हजारदेखि १० हजार रुपियाँसम्म जरिवाना गर्ने उल्लेख गरिएको छ तर विभागले संशोधनका लागि तयारी गरेको ऐनमा भने ५० हजारदेखि एक लाख रुपियाँसम्म जरिवाना वा सात महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।