९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाङमा आगलागी हुँदा घरगोठ जलेर नष्ट

आगलागी
अ+ अ-

दाङ । दाङमा आगलागीबाट छ वटा घरगोठ जलेर नष्ट भएको छ । घोराही उपमहानगरपालिका–२ चाक्लीघाटमा चार घर परिवारको छ वटा घरगोठ जलेर नष्ट भएको वडाध्यक्ष केशवराज आचार्यले जानकारी दिए ।

स्थानीय धनबहादुर वलीको गोठबाट शुरु भएको आगलागीले रत्नबहादुर वलीको घर, गोठ र पाँच वटा खसी जलेको छ । त्यस्तै कली वलीको घर, गोठ, सुन्दर वलीको घर, गोठसहित १० वटा खसीबाख्रा र एउटा गोरु जलेको वडाध्यक्ष आचार्यले जानकारी दिए । आगलागी के कसरी भयो भन्ने खुल्न नसकेको उनको भनाइ रहेको छ ।

आगलागीले घरगोठमा रहेका सबै सामान जल्दा पीडित घरबारविहीन भएका छन् । अग्नी पीडित आफन्तको घरमा आश्रय लिएर बसेका छन् । उनीहरुका लागि तत्काल आवश्यक पर्ने खाद्यान्न र लत्ताकपडा राहत स्वरुप लिएर भोलि जाने वडाध्यक्ष आचार्यले बताए । स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस