१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डिनर मिटिङमा ओलीलाई वामदेवको जवाफ : अवैधानिक निर्णय फिर्ता नलिए साथ दिन सक्दिनँ

अ+ अ-

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमको हिजो (बिहीबार) बेलुकाको डिनर मिटिङमा गौतमले आलीको साथ दिन नसक्ने बताएका छन् ।

निकै चासोका साथ हेरिएको मिटिङमा अध्यक्ष ओली आफूले गरेको निर्णयबाट ‘ब्याक’ हुन तयार नभएपछि छलफल यतिकै सकिएको नेता गौतमले बताएका छन् । नेता गौतमले फागुन २८ गतेको अवैधानिक बैठकका निर्णय फिर्ता नलिए केपी शर्मा ओलीसँग आउन नसक्ने बताएर बाहिरिएका थिए ।

डिनर वार्तामा ओलीले गौतमलाई पार्टी काममा फर्किन आग्रह गरेका थिए । गौतमले नेकपा एमालेका नाममा भएका अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरे पनि प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले अस्वीकार गरेको गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले जानकारी दिए ।

‘हिजो ९ गते क. केपीसँग बेलुकी ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डिनर मिटिङ भयो । उहाँले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो । मैले गत फागुन २८ गते तपाईंले गर्नु भएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरें । उहाँले ती निर्णय फिर्ता हुँदैनन् भन्नुभयो । त्यसो भए म तपाईंसँग आउन पनि सक्दिन भनेर जवाफ दिएँ । डिनर चल्दै थियो नमस्कार गरेर म बिदा भएँ’, गौतमको भनाई उद्धृत गर्दै सुवेदीले भने ।

हिजो राजधानीको मेरियट होटलमा वरिष्ठ नेता माधवकुमार नेतपालसँगको दोस्रो वार्तापछि ओलीले बेलुका वामदेव गौतमले डिनरका लागि बोलाएका थिए । एमालेभित्रको विवाद समाधानका लागि ओली नेपालबीच हिजो भएको दोस्रो वैठक पनि बिना निष्कर्ष सकिएको छ । दुबै नेता आ–आफ्ना अडानमा अडिग रहेपछि वार्ता निष्कर्षविहीन बन्न पुगेको हो । खास गरी अध्यक्ष ओली आफूले एकल रुपमा गरेका निर्णयहरु फिर्ता गर्न लचिलो नभएपछि वार्ताले सकारात्मक बाटो लिन नसकेको हो ।

प्रतिक्रिया दिनुहोस