१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छ गुणाबढी भाडा लिने सवारी साधन कारबाहीमा

अ+ अ-

काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणको दोस्रो लहरसँगै जोखिम बढेपछि काठमाडौँ उपत्यकाबाट गृह जिल्ला जाने क्रममा बिहीबार काठमाडौँबाट धनुषाको जनकपुरसम्म जाँदा करिब छ गुणा बढी भाडा लिने सवारी साधनलाई जिल्ला ट्राफिक कार्यालय काभ्रेपलाञ्चोकले कारबाही गरेको छ ।

काठमाडौँबाट जनकपुर गइरहेको काठमाडौँ पूर्वी–नाका साँगामा १५ जना यात्रु बोकेर आएको उक्त सवारीलाई जाँचका क्रममा बढी भाडा असुलेको भन्दै कारबाही गरिएको कार्यालयले जनाएको छ । प्रतियात्रु रु १५ हजारको दरले भाडा लिएको जनाउँदै चालक सुरज भण्डारीसहित उक्त यातायात साधनलाई यातायात व्यवस्था विभागमा कारबाहीको सिफारिस गरिएको कार्यालय प्रमुख ट्राफिक इन्चार्ज प्रमिला श्रेष्ठले जानकारी दिइन् । उनले भनिन्, ‘चालक र सवारी साधन होल्ड गरी कारबाही सिफारिस गरेका छौँ ।’

काभ्रेमा १६५ सङ्क्रमित, २२ डिस्चार्ज

कोरोना सङ्क्रमणबाट काभ्रेपलाञ्चोकमा बिहीबार थप १६५ सङ्क्रमित भएका छन् । कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी) का अनुसार बुधबार १५८ मा सङ्क्रमण भएको थियो भने अघिल्लो दिन जिल्लामा ८२ मा सङ्क्रमण पुष्टि भएको थियो । काभ्रेपलाञ्चोकका २२ सङ्क्रमित डिस्चार्ज भएको केन्द्रले जनाएको छ ।

कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता हालसम्म काभ्रेपलाञ्चोकका कूल ९१० सङ्क्रमितमध्ये बनेपा नगरपालिकामा ३५९, धुलिखेलमा १८३, पनौतीमा १८८, पाँचखालमा ६७, नमोबुद्धमा ३३, मण्डनदेउपुरमा २२ तथा रोशी गाउँपालिकामा २०, चौँरीदेउरालीमा नौ, तेमालमा पाँच र भुम्लुमा सात, खानीखोलामा दुई, बेथानचोकमा १२ र महाभारत गाउँपालिकामा तीन सक्रिय सङ्क्रमित छन् ।

जिल्लामा सबैभन्दा बढी बनेपा नगरमा ३९ दशमलव ४५ प्रतिशत सङ्क्रमित रहेका छन् । केन्द्रका अनुसार सङ्क्रमितमध्ये ८७८ होमआइसोलेशन तथा ३२ अस्पताल आइसोलेशनमा उपचाररत छन् । हालसम्म जिल्लाका ५६ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । केन्द्रका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा .नरेन्द्र झाका अनुसार जिल्लामा ‘कनट्र्याक्ट ट्रेसिङ’को दायरा बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस