८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अक्सिजन आपूर्तिमा सहजीकरण गर्न आग्रह

अ+ अ-

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालले अक्सिजन आपूर्तिमा सहजीकरण गर्न सरकारसँग आग्रह गरेको छ । अस्पतालले अक्सिजन आपूर्तिमा कठिनाइ हुँदा कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारमा समस्या भएको भन्दै अक्सिजन आपूर्तिमा सहजीकरण गर्न आग्रह गरेको हो ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र पोखरेलले अस्पतालमा बिरामीको सङ्ख्या बढ्दै जाँदा अक्सिजन आपूर्तिमा कठिनाइ भएको जानकारी दिए । ‘हाल अक्सिजनका कारण अस्पतालमा काेरोना सङ्क्रमितको उपचारमा समस्या देखिन शुरु भएको छ, अस्पतालमा बिरामीको चाप बढ्दै जाँदा अक्सिजन आपूर्तिमा समस्या थपिँदै गएको छ, हामीले बिरामीको उपचार कसरी गर्ने’, उनले भने ।

उनका अनुसार हाल अस्पतालमा दैनिक १५० अक्सिजन सिलिन्डरको आवश्यकता भएकामा अस्पतालले ४४ सिलिन्डर आन्तरिक उत्पादनबाट व्यवस्था गर्दै आएको छ । अक्सिजन सहज रुपमा उपलब्ध गराउने वातावरण बनाइदिन अल्का अस्पतालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, वाग्मती प्रदेश सरकार, स्थानीय प्रशासन तथा स्थानीय तहलाई आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस