७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाउँपालिकाका सबै सवारी साधन सङ्क्रमित बोक्न प्रयोग गरिने

अ+ अ-

बैतडी । जिल्लाको दोगडाकेदार गाउँपालिकाले आफूसँग रहेका सबै सवारी साधन कोरोना नियन्त्रणमा प्रयोग गर्ने जनाएको छ । गाउँपालिकाले शनिबार एक सूचना जारी गर्दै अध्यक्ष र उपाध्यक्ष चढ्ने गाडीसहित सबै कोरोना नियन्त्रणमा प्रयोग गर्ने निर्णय भएको जनाएको छ ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर धामीका अनुसार गाउँपालिकामा एक एम्बुलेन्स, एक टिपर, एक बोलेरो जिप र एक कार रहेका छन् । यसअघि गाउँपालिकामा सङ्क्रमित बिरामी बोक्नका लागि एम्बुलेन्स मात्रै प्रयोग गरिएको थियो । महामारीले भयावह रूप लिँदै गएकोे भन्दै गाउँपालिकाले आफ्ना सम्पूर्ण सवारी साधनलाई सङ्क्रमित बोक्नका लागि प्रयोग गर्ने निर्णय गरेको हो ।

यस्तै पालिकाले प्रत्येक वडामा कोभिड सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरुलाई सम्पर्क व्यक्तिका रूपमा तोकेको छ । पालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत एक चिकित्सकसहित ११ स्वास्थ्यकर्मीलाई सम्पर्क व्यक्ति बनाइएको हो । निमित्त प्रमुख प्रशासकीय अधिकृत धामीका अनुसार कोरोनाबाट कुनै व्यक्ति सङ्क्रमित भएमा आवश्यक परामर्श र सल्लाहका लागि सम्पर्क व्यक्ति तोकिएको हो ।

यसैबीच गाउँपालिकाले अक्सिजन सिलिण्डरसहितको आइसोलेशन कक्ष स्थापना गर्ने तयारी थालेको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथका अनुसार पालिकाको दुई स्थानमा गरी अक्सिजनसहितको १२ शय्याको आइसोलेशन कक्ष निर्माण शुरु गरिएको छ ।

वडा नं ३ स्थित श्रीकोट स्वास्थ्य चौकी र वडा नं ५ को न्वाली स्वास्थ्य चौकीलाई आइसोलेशन कक्ष बनाउने तयारी भएको हो । कोरोना सङ्क्रमित भएर गम्भीर बिरामी भएमा स्थानीयस्तरमै उपचारको लागि तयारी भएको नाथको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस