१३ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बढी भाडा लिने यातायातका चार जना पक्राउ

अ अ+ अ-

काठमाडौँ । यात्रुसँग बढी भाडा लिने यातायातका चार कर्मचारीलाई आज महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको छ । ट्राफिक प्रहरीले काठमाडौँको ढुङ्गेधाराबाट बझाङका २४ वर्षीय योगेन्द्र बोहोरा र ३० वर्षका आकाश विष्ट तथा नयाँ बसपार्कबाट मकवानपुर घर भइ बालाजु बस्ने ३२ वर्षीय अमृत विष्ट र गोर्खा घर भई मित्रनगर बस्ने वर्ष ४५ का सोमबहादुर गुरुङ्गलाई पक्राउ गरेको हो
।
उनीहरुले ना ८ख८४९४ नम्बरको शुभ बिहानी यातायातमार्फत धनगढी जाने यात्रुसँग प्रतिव्यक्ति चार हजारदेखि चार हजार ५०० सम्म भाडा लिएको पाइएको महाशाखाले जनाएको छ । पक्राउ परेका चारै जनालाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त बालाजुमा बुझाएको छ । यसअघि बढी भाडा लिने १७ जनालाई महाशाखाले पक्राउ गरी कारवाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा बुझाइसकेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराइले जानकारी दिए । अहिले प्रहरीले आफैँ यात्रु बनेर जाने, सादा पोशाकमा निगरानी गर्ने र विशेष सुराकी परिचालन गरेर यातायात क्षेत्रको अनुगमन गरिरहेको छ ।

उपत्यकामा निषेधाज्ञा जारी भए पश्चात वैदेशिक रोजगारबाट फर्किने र जरुरी काम परी उपत्यका बाहिरका जिल्ला जाने यात्रुलाई काउण्टरका कर्मचारीले छ गुणा बढीसम्म भाडा लिइ ठगी गर्ने गरेको पाइएको छ । यस्ता कार्यमा काउण्टरका कर्मचारी कै संलग्नता रहेको पाइएको छ । निषेधाज्ञापश्चात गोङ्गबु बसपार्क, कलङ्की, कोटेश्वर र गौशाला क्षेत्रबाट ट्राफिक प्रहरीले यात्रु ठग्ने काउण्टरका कर्मचारी र बुकिङ्ग स्टाफलाई पक्राउ गरेको हो ।