२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

४३ हजार बढीले लिए भेरोसेल

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा सञ्चालित केन्द्रबाट हालसम्ममा ४३ हजार १८ जनाले कोभिड–१९ विरुद्धको (चिनियाँ खोप) भेरोसेलको दोस्रो मात्रा लिएका छन् । पहिलो मात्रा दिएकालाई यही जेठ २ गतेदेखि भेररोसेलको दोस्रो मात्रा दिन थालिएको हो ।

यसरी खोप लिनेमा २३ हजार ४८५ पुरुष र १९ हजार ५३३ महिला छन् । यो सङ्ख्या कामपाको वडास्तरीय ३२ वटा खोप केन्द्र र त्रिवि शिक्षण अस्पतालमा भएको एउटा गरी ३३ खोप केन्द्रको सङ्ख्या हो ।

यीमध्ये सबैभन्दा धेरै वडा नं २६ को खोप केन्द्र लैनचौरबाट दुई हजार ४९२ ले खोप लिएका छन् । वडा १६ को बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र जुडो हल केन्द्रबाट दुई हजार ४२७ ले र तेस्रोमा वडा नं ३२ बाट दुई हजार ३८५ ले खोप लिएका छन् ।

कामपामा ११ वडामा खोप लिनेको सङ्ख्या एक हजारभन्दा कम रहेको छ । यी वडामा सबैभन्दा थोरै, वडा नं १९ बाट १९७ जनाले, त्यसपछि वडा नं २० मा ३९४ र तेस्रोमा वडा नं २४ मा ४०८ जनाले खोप लिएका छन् ।

त्यसपछि वडा नं २१, २८, २३, २२, १८, ८, २५ र ३० मा क्रमशः ४१९, ४४२, ४८७, ५२५, ७०६, ७२९, ८१३ र ९०५ रहेका छन् । जेठ ११ गतेसम्म चल्ने खोपमा गत चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म पहिलो मात्रा १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिइने व्यवस्था गरिएको छ ।

यस अवधिमा हरेक दिन बिहान १०ः०० देखि अपराह्न ४ः०० बजेसम्म पहिलो मात्रा लगाएको कार्ड लिएर पायक पर्ने खोप केन्द्रमा जानुपर्छ । दोस्रो खोप लगाउन पहिलो खोप लिएको मितिका आधारमा तय गरिएको छ । नागरिकलाई सहजताका लागि सबै वडामा खोप केन्द्रको व्यवस्था गरिएको छ ।

पहिलो डोज जहाँसुकै लगाएको भए पनि दोस्रो डोज भने पायक पर्ने स्थानमा लगाउने व्यवस्था हुँदा नागरिकलाई सहज भएको छ । कामपामा अहिलेसम्म ५४ हजार ५६८ सङ्क्रमितमध्ये १२ हजार ४१ सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाका कारण ३७२ जनाको मृत्यु भएको छ । बयालीस हजार १५५ जना निको भएको तथ्याङ्कमा उल्लेख छ ।