२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पत्रकार महासङ्घ सोलुखुम्बुले ‘आपत्कालीन राहतकोष’ स्थापना गर्ने

अ+ अ-

सोलुखुम्बु । नेपाल पत्रकार महासङ्घ सोलुखुम्बु शाखाले ‘पत्रकार आपत्कालीन राहतकोष’ स्थापना गर्ने भएको छ । आइतबार बसेको महासङ्घको बैठकले उक्त कोष स्थापना गर्ने निर्णय गरेको शाखा अध्यक्ष नूतन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार विभिन्न समस्यामा परेका पत्रकारलाई सहयोग गर्ने उद्देश्यले स्थापना हुने राहतकोष सञ्चालनका लागि निर्माण गरिएको कार्यविधिसमेत सोही बैठकले अनुमोदन गरेको छ । पत्रकार महासङ्घको साधारण सदस्य रहेकालाई उक्त कार्यविधिले समेट्ने बताइएको छ ।

पत्रकार महासङ्घको सदस्य भई कुनै पनि सञ्चारगृहमा काम गर्ने सिलसिलामा दुर्घटनामा परी गम्भीर घाइते भई अस्पताल लैजानुपरेको अवस्थामा सहयोग गर्नसकिने कार्यविधिमा उल्लेख छ । यस्तै अङ्गभङ्ग भएमा वा जटिल किसिमको रोगको उपचार गर्नु परेमा, दुर्घटनाका कारण मृत्यु भएमा, पत्रकारको परिवार बिरामी भएमा र कुनै आगलागी तथा प्राकृतिक प्रकोपमा परेको अवस्थामा पत्रकारलाई आवश्यक सामग्री खरिद गर्नुपरेमा पनि उक्त कोषबाट सहयोग रकम उपलब्ध गराउन सकिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

अहिले महासङ्घको नाममा बैंकमा भएको रु एक लाख ११ हजार १११ उक्त कोषमा जम्मा गरिने बताइएको छ । पत्रकारिता क्षेत्रलाई व्यावसायिक बनाउनका लागि उक्त कोषले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै सहयोगका लागि आह्वानसमेत गर्ने निर्णय भएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

यस्तै जिल्ला शाखाको हालसम्म भवन तथा जग्गासमेत नभएकाले अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय जग्गा व्यवस्थापन समिति गठन गर्ने निर्णय गरिएको सचिव दिलबहादुर राईले जानकारी दिए । यस्तै पत्रकार महासङ्घको निर्वाचनका बेला मात्रै पत्रकारको खोजी गर्ने र गैरपत्रकारसमेत सदस्य रहन सक्ने भएकाले विवरणसमेत अद्यावधिक गर्ने निर्णय गरिएको छ ।

पत्रकारितालाई व्यावसायिक बनाउँदै पत्रकारको क्षमता वृद्धिका लागि स्थानीय सरकारसहित अन्य दातृ निकायसँग समन्वय गरिने अध्यक्ष श्रेष्ठले बताए ।