९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैतडीमा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बियो

अ+ अ-

बैतडी । बैतडीमा तेस्रोपटक निषेधाज्ञा थपिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेसँगै निषेधाज्ञा थपिएको हो ।

यही जेठ १७ गतेसम्म जारी रहेको निषेधाज्ञालाई जेठ ३१ सम्म कायम रहने प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आदेश दिएका छन् । कोरोनाको दोस्रो लहर आएपछि तेस्रोपटक निषेधाज्ञाको अवधि थपिएको हो । यसअघि वैशाख २० देखि जेठ २ र जेठ ३ देखि १७ गतेसम्म निषेधाज्ञा थप गरिएको थियो ।

कोरोना सङ्क्रमणदर न्यूनीकरणका लागि निषेधाज्ञाको अवधि थपिएको जनाइएको छ । सङ्क्रमणको जोखिम अझै कायमै रहेकाले निषेधाज्ञालाई निरन्तरता दिइएको हो । निषेधाज्ञाको अवधिमा आवतजावतमा पूर्णरुपमा रोक लगाइएको छ । खाद्य पसल, तरकारी पसल बिहान ७ देखि ९ बजेसम्म मात्रै खोल्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसैगरी, निषेधाज्ञाको समयमा खाद्य पदार्थको मूल्य बढाएमा कारबाही हुने आदेशमा उल्लेख गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले पनि आलोपालो मिलाई हप्तामा तीन दिन मात्रै दिनको दुई घण्टा सेवा दिनुपर्ने बताइएको छ । साथै पूर्वस्वीकृति लिएका सवारी साधन पनि अब जिल्लामा बिहान ६ देखि बेलुका ७ बजेसम्म मात्रै सञ्चालन हुनेछन् भने जिल्ला भित्रिने सबैको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिने भएको छ गाडीमा रहेका व्यक्तिहरुको खोड्पेमा एन्टिजेन परीक्षण गरिने र नेगेटिभ आएकालाई गन्तव्यमा पठाइनेछ भने पोजेटिभ आएकालाई आइसोलेशनमा राखिने जनाइएको छ ।

निषेधाज्ञाको अवधिमा सबै प्रकारका सभासम्मेलन र बैठकमा रोक लगाइएको छ भने विवाह व्रतबन्ध जस्ता कार्यहरुमा थोरै मानिसको सहभागिता हुनुपर्ने उल्लेख गरिएको छ । आदेशको उल्लङ्घन गरिएमा कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही हुने बताइएको छ । जिल्लामा कोरोनाकै कारण हालसम्म १५ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस