२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नर्भिक हस्पिटलमा सस्तो दरको ‘पोष्ट कोभिड प्याकेज’

अ+ अ-

काठमाडौँ । नर्भिक इन्टरनेशनल हस्पिटलले सस्तो दरको ‘पोष्ट कोभिड प्याकेज’ को घोषणा गरेको छ ।

पछिल्लो समय दोस्रो लहरको कोरोना निको भइसकेपछि पनि ज्यान गुमाउनेको सङ्ख्या बढ्न थालेको भन्दै अस्पतालले नेगेटिभ रिपोर्ट आएपछि देखापर्ने स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै उक्त प्याकेज सार्वजनिक गरिएको जनाएको छ ।

अस्पतालले कोभिडपछिका स्वास्थ्य समस्या निदान गरी देशमा बढिरहेको पोष्ट कोभिड मृत्युदरलाई घटाउने उद्देश्यले निकै सस्तो दररेटको प्याकेज घोषणा गरेको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार पोष्ट कोभिडसँगै सामान्य आर्थिक अवस्था भएका बिरामीले कोभिडपछि आउने स्वास्थ्य समस्याको सरल, सहज र सस्तो दरमा समाधानको अवसर हस्पिटलले प्रदान गरेको छ ।

पोस्ट कोभिड प्याकेजअन्तर्गत दुई प्रकारका प्याकेज घोषणा गरिएको छ । अस्पतालले रु सात हजार ५०० र रु १४ हजार ५०० गरी सस्तो दररेटको प्याकेज तथा सिटी स्क्यानसहितको प्याकेज सार्वजनिक गरेको छ । सस्तो प्याकेजअन्तर्गत बिरामीको सिबिसी, कोभिड एन्टीबडी, सिआरपी, डी डाइमर, चेस्ट एक्स–रे लगायतका जाँचको सुविधा उपलब्ध हुनेछ भने सोही शुल्कमा विशेषज्ञ चिकित्सकको परामर्श सेवासमेत उपलब्ध हुनेछ ।

यस्तै चेस्ट एक्स–रेको ठाउँमा कसैले सिटी स्क्यान गर्न चाहे त्यस्तो प्याकेजको दर भने केही बढ्न सक्छ । दोस्रो प्याकेजअन्तर्गत सिटी स्क्यानसहितको प्याकेजको दर रु १४ हजार ५०० तोकिएको छ । सो प्याकेज आफ्नो सुविधाअनुसार लिनका लागि इच्छुकले अस्पतालको सम्पर्क नम्बरमा फोन गरेर अग्रिम बुकसमेत गर्न सक्नेछन् । यस्तै सोझै अस्पतालमा नै गएर पनि पोस्ट कोभिड प्याकेज लिन सकिनेछ ।

नर्भिक हस्पिटलका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा जेपी जैसवालका अनुसार नेपालमा समेत कोभिडपछि विभिन्न स्वास्थ्य समस्या भोग्नेको सङ्ख्यासँगै मृत्युदरमा समेत वृद्धि भएको छ ।

कोभिड ठीक भएको लामो समयसम्म पनि धेरैलाई सामान्य शारीरिक समस्या हुँदा नै थकाइ लाग्ने, छाती दुख्ने, निद्रा नलाग्ने, डिप्रेशन हुने, ब्लडप्रेसर हुने, हिँड्दा स्वाँ स्वाँ हुने, सास फेर्न गाह्रो हुने जस्ता समस्या देखिने गर्छन् । यस्ता समस्यालाई बेवास्ता नगरी तुरुन्त अस्पताल जान बिरामीलाई चिकित्सक जैसवालले आग्रह गरे ।