२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काभ्रेका तीन अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

अ+ अ-

बनेपा । नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाको समन्वयमा कोरोना सङ्क्रमणका उपचारमा सम्लग्न तीन अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ ।

प्रारम्भ सामाजिक संस्था र आनी छोइङ डोल्मा फाउण्डेशनको सहयोगमा धुलिखेल र शिर मेमोरियल अस्पताललाई एक/एक भेन्टिलेटर, दुई/ दुई अक्सिजन कन्सन्ट्रेटर र २०/२० पिपिइ तथा मेथिनकोट अस्पताललाई दुई अक्सिजन कन्सन्ट्रेटर, २० पिपिइ हस्तान्तरण गरिएका भेन्टिलेटर र अक्सिजन कन्सन्ट्रेटर प्रदान गरिएको सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि कल्पना क्षेत्रीले जानकारी दिइन् ।

जिल्ला समन्वय समितिका प्रमुख उद्वब केसी, धुलिखेल नगरपालिका प्रमुख अशोककुमार ब्याञ्जु, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, गायिका आनी छोइङ डोल्मा, महासङ्घ अध्यक्ष बद्रीराज तिमल्सिना तथा प्रारम्भिक सामाजिक सस्थाका अध्यक्ष क्षेत्री लगायतले धुलिखेल अस्पतालका डा. रमेश श्रेष्ठ र डा. दिपक श्रेष्ठ, शिर मेमोरियल अस्पतालका डा. एन्जिला, डा. अरुण गुप्ता र कार्यकारी निर्देशक सुन्दर थापा, मेथिनकोट अस्पतालका अध्यक्ष कृष्ण खनाललाई ती सामग्री हस्तान्तरण गरेका थिए ।

धुलिखेल नगर प्रमुख व्याञ्जुले प्राप्त सामग्रीले जीवन बचाउन सहयोग मिल्ने बताए । प्रजिअ पोखरेल र गायिका डोल्माले कोरोना नियन्त्रणमा सामूहिक सहकार्यको आवश्यकता रहेको बताइन् । सो अवसरमा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र कुमार झा, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष इश्वरी ओझा, कालिजंग गणका गणपति मिलन थापा, जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक हरि खतिवडा, शसस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक मनोहरी कुइँकेल, प्रारम्भ संस्थाका सदस्य सुनैना क्षेत्री र माधव क्षेत्री लगायतको सहभागिता रहेको थियो ।

ती तीन अस्पतालले कोरोना सङ्क्रमितको उपचारमा सम्लग्न छन् । ती संस्था र फाउण्डेशनले बनेपा, धुलिखेल, पनौती, पाँचखाल र नमोबुद्ध नगरपालिका तथा भुम्लु र रोशी गाउँपालिकाका आइसोलेशन केन्द्रका लागि अक्सिजन कन्सन्ट्रेटर, पिपिइ, पल्स अक्सिमिटर लगायतका स्वास्थ्य सामग्री प्रदान गरिसकेका छन् ।