२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रेमडेसिभिरलगायत स्वास्थ्य सामग्री कालोबजारी गर्ने ३७ जना पक्राउ

अ+ अ-

काठमाडौँ । अक्सिजन सिलिन्डर, ह्यान्ड स्यानिटाइजर, अक्सिमिटर, मास्क, पञ्जा, रिमडेसिभिर लगायतका स्वास्थ्य सामग्रीको साथै अन्य अत्यावश्यक सामग्रीको कालोबजारी गर्ने ३७ जनालाई गत ६ हप्ताको अवधिमा प्रहरीले पक्राउ गरेको छ ।

कोभिड–१९ का कारण सिर्जित विकराल अवस्थामा सर्वसाधारणले प्रयोग गर्ने स्वास्थ्य सामग्रीको अत्यधिक माग भइरहेको अवस्थामा विषम परिस्थितिको फाइदा उठाउँदै कालोबजारी गर्नेहरूलाई उक्त अवधिमा देशभरबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर कालोबजार तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गतको कसूरमा अनुसन्धान गरिएको छ ।

उक्त अवधिमा पक्राउ परेका ३७ जनामध्ये १२ जना अक्सिमिटर कालोबजारी गर्ने, ८ जना पिसीआर परीक्षणको नक्कली प्रतिवेदन बनाउने, ४ जना ह्यान्ड स्यानिटाइजर कालोबजारी गर्ने, ३ जना अक्सिजन सिलिन्डर कालोबजारी गर्ने, २ जना रिमडेसिभिर बढी मूल्यमा बिक्री गर्ने, १ जना स्यानिटाइजर तथा अक्सिमिटर दुवै कालोबजारी गर्ने, १ जना विभिन्न औषधि तथा स्यानिटाइजर कालोबजारी गर्ने, १ जना गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन गरी विक्री गर्ने र ५ जना निषेधाज्ञा उल्लङ्घन गरी खोलिएका पसल बन्द गराउने तथा अनावश्यक हिँडडुल रोक्ने कार्यमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने रहेका छन् ।

उनीहरूबाट १३ हजार ७ सय ५६ लिटर स्यानिटाइजर तथा करिब २५ हजार लिटर नक्कली स्यानिटाइजर, ५५ वटा अक्सिमिटर तथा ७ सय ६५ वटा नक्कली अक्सिमिटर, ६ थान रिमडेसिभिर तथा १ थान नक्कली रिमडेसिभिर, १ थान अक्सिजन सिलिन्डर, २ हजार लिटर मिथानोल रसायन, ३ हजार ६ सय लिटर इथाइनिल रसायन, विभिन्न स्टिकरहरू, २ थान विलप्याड र ४६ वटा कार्टुन विभिन्न औषधि बरामद भएको थियो ।

सो अवधिमा काठमाडौँ, रामेछाप, काभ्रेपलान्चोक, बारा, महोत्तरी, खोटाङ, बर्दिया लगायतका जिल्लाहरूमा सवारी साधन दुरुपयोग गरी बढी भाडा लिएर यात्रु बोक्ने सवारी साधनहरूलाई कारबाही गरिएको छ । साथै बाँके नेपालगन्ज उपमहानगरपालिका–८ स्थित मारुती नन्दन जनरल स्टोरबाट प्रयोग अवधि समाप्त भएका करिब १ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको खाद्य सामग्री बरामद गरी प्रहरीसहितको संयुक्त अनुगमन टोलीबाट नष्ट गरिएको थियो ।

देशमा शान्ति सुरक्षा कायम राख्ने, अपराध नियन्त्रण तथा अनुसन्धान गर्ने लगायतका नियमित कामको साथै कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रण गर्ने, निषेधाज्ञा पालना गराउने एवं विषम परिस्थितिको फाइदा उठाउँदै हुने गरेको कालोबजारी नियन्त्रणमा समेत नेपाल प्रहरीले सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको छ । सो क्रममा जन स्वास्थ्य सामग्री तथा अन्य अत्यावश्यक सामग्रीको कालोबजारी गर्ने काम हुँदै नहोस् भनेर स्थानीय प्रशासन र सरोकारवाला निकायसँगको समन्वयमा गोप्य निगरानी तथा अनुगमन टोली बनाई परिचालन गरिएको छ । जोसुकैले कालोबजारी गरेको भेटिए पनि प्रत्येक जिल्लामा रहेका संयन्त्रमार्फत प्रचलित कानुन बमोजिम कडाइकासाथ अनुगमन र कारबाही गरिएको छ ।

परिस्थितिको फाइदा उठाउँदै गुणस्तरहीन स्वास्थ्य सामग्री उत्पादन गरी बिक्री गर्ने, तोकिएको मूल्य भन्दा बढी मूल्यमा विक्री गर्ने, अर्कै कम्पनीको लेबुल टाँस गरी नक्कली सामग्री उत्पादन गर्ने, मापदण्ड विपरीत हानिकारक पदार्थ मिसावट गरी उत्पादन तथा विक्री गर्नेहरूमाथि प्रहरीको निगरानी निरन्तर कायम छ । साथै कोही कसैबाट अनियमितता वा कालोबजारी भइरहेको थाहा हुन आएमा नजिकको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा सूचना गर्न सम्पूर्ण सरोकारवाला निकाय र आम नागरिकमा प्रहरी प्रधान कार्यालय हार्दिक अनुरोध गर्दछ ।