२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतमा कोभिड-१९ बाट एकै दिन एक लाख ३४ हजार संक्रमित, २८ सयको मृत्यु

अ+ अ-

नयाँ दिल्ली – भारतमा पछिल्लो २४ घण्टामाभारतमा कोभिड–१९ बाट एकै दिन एक लाख ३४ हजार संक्रमित, २८ सयको मृत्युबाट थप एक लाख ३४ हजार संक्रमित भएका छन् ।

यो सहित भारतमा हालसम्म दुई करोड ८४ लाख ४१ हजार व्यक्ति कोरोना संक्रमित भइसकेको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा सक्रिय संक्रमितको संख्या ८० हजार २३२ ले कमी आएको छ । हाल सक्रिय संक्रमितको संख्या १७ लाख १३ हजार रहेको छ । पछिल्ला केही दिनदेखि दैनिक सक्रिय संक्रमितको संख्या ६।२१ प्रतिशतले कमी आएको मन्त्रालयको भनाई छ ।

कोभिड–१९ बाट संक्रमितमध्ये २४ घण्टाको अवधिमा थप दुई हजार ८८७ व्यक्तिको मृत्यु भएको छ । यो सहित भारतमा हालसम्म कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या तीन लाख ३७ हजार ९८९ पुगेको छ । यसैबीच, दैनिक संक्रमितको संख्याभन्दा निको हुने दर पनि २१ दिनदेखि निरन्तर बढेको छ ।

पछिल्लो २४ घण्टामा दुई लाख ११ हजार ४९९ व्यक्ति संक्रमणमुक्त भएका छन् । भारतमा हालसम्म दुई करोड ६३ लाख ९० हजार व्यक्ति संक्रमणमुक्त भइसकेका छन् । निको हुने दर ९२।७९ प्रतिशत रहेको भारतीय स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ ।

परिषदका अनुसार देशभर ३५ करोड ३७ लाख ८२ हजार नमुना परीक्षण गरिएको छ भने बुधबार एकै दिन २१ लाख ५९ हजार नमुना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार भारतमा हालसम्म २२ करोड १० लाख ४३ हजार डोज खोप लगाइएको छ ।

कोभिड–१९ को पछिल्लो अवस्था

कोरोनाभाइरस महामारीका कारण बिहीबार अपराह्नसम्म ३७ लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । कोभिडबाट सबैभन्दा बढी संयुक्तराज्य अमेरिकामा छ लाख ११ हजार व्यक्तिको ज्यान गएको छ ।

दोस्रो स्थानमा रहेको ब्राजिलमा चार लाख ६७ हजार, भारतमा तीन लाख ३८ हजार, मेक्सिकोमा दुई लाख २८ हजार, पेरुमा एक लाख ८४ हजार, बेलायतमा एक लाख २७ हजार, इटालीमा एक लाख २६ हजार, रसियामा एक लाख २२ हजार, फ्रान्समा एक लाख ९ हजार, कोलम्बियामा ८९ हजारको मृत्यु भएको छ ।

विश्वभर १७ करोड २४ लाखभन्दा बढी व्यक्ति कोभिड–१९ बाट संक्रमित भएकामध्ये १५ करोड ५० लाख व्यक्ति संक्रमणमुक्त भएका छन् । संक्रमित व्यक्तिमध्ये करिब ९० हजार व्यक्तिको स्वास्थ्य अवस्था जटिल रहेको छ ।

विश्वभर करिब एक अर्ब ९८ करोड डोज खोप लगाइएको छ जसमा चीनमा गरिएको खोप अभियान समेटिएको छैन । सिन्ह्वाका अनुसार चीनमा बुधबारसम्ममा ७० करोडभन्दा बढी डोज खोप लगाइएको छ ।