२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वातावरण दिवसमा वाग्मती नदी किनारमा वृक्षरोपण

अ+ अ-

काठमाडौँ । विश्व वातावरण दिवसका अवसरमा वाग्मती किनारस्थित संयुक्त राष्ट्र सङ्घीय उद्यान क्षेत्रमा वृक्षरोपण गरिएको छ । वाग्मती सफाइ महाअभियानको ४२१औँ हप्ताको कार्यक्रमका दिन वातावरण दिवस परेकाले त्यसै अवसरमा बिरुवा रोपिएको हो । साम्बा, काइयो र सिसौँ जातका करीब ५० बिरुवा रोपिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत समितिका सञ्चालक सदस्य डा माला खरेलले जानकारी दिइन् ।

कार्यक्रममा प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ, पूर्व मुख्यसचिव एवं मुख्य अभियानकर्मी लीलामणि पौडेल, वन तथा वातावरण मन्त्रालयका सचिव डा पेमनारायण कँडेल, अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, नायिका दीपाश्री निरौला, नायक पूर्णविक्रम शाहलगायत ४० अभियानकर्मीको सक्रियता थियो । विश्व वातावरण दिवसका अवसरमा आज मेची महाकाली सफाइ अभियानको आह्वानमा ६० स्थानमा वृक्षरोपणसमेत गरिएको छ ।

कार्यक्रममा प्रदेशसभा सदस्य श्रेष्ठले अतिक्रमण गरिएका सार्वजनिक जग्गा खोजी गरी उद्यान बनाउने अभियान चलाइएको जानकारी दिए। वनसचिव कँडेलले आगामी वर्ष देशभर वृक्षारोपणका लागि बजेट व्यवस्था गरिएको जानकारी दिए ।

अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष तिमल्सिनाले काठमाडौँ उपत्यकाका नदी किनारमा वन मन्त्रालयसँग सहकार्य गरेर वृक्षरोपण गरिने जानकारी दिए । पूर्व मुख्यसचिव पौडेलले आठ वर्षअघि देखि नै वृक्षरोपणलाई नियमित रुपमा गरिँदै आएको सुनाए।

विष्णुमती सफाइको ३५४औँ हप्तामा नदी किनारस्थित टोखा नगरपालिका–९ शिवमन्दिर क्षेत्रमा सफाइसहित वृक्षरोपण गरिएको छ । विश्व वातावरण दिवसको अवसर पारेर कपुर, बैँस, जामुन जातका ३० बिरुवा रोपिएको सफाइ संयोजक शोभाकान्त पाण्डेले जानकारी दिए । वृक्षरोपण कार्यक्रममा विभिन्न टोल सुधार समितिका प्रतिनिधिको सक्रियता थियो ।

यसैगरी माथिल्लो क्षेत्रको विष्णुमती सफाइ अभियानले पनि नदी किनारस्थित धनेश्वर क्षेत्रमा वृक्षरोपण गरेको अभियानकर्मी रामकुमार श्रेष्ठले सुनाए ।

मनोहरा किनारमा १०० बिरुवा गुर्जो रोपण

यसैगरी मनोहरा सफाइका क्रममा नदी किनारमा गुर्जोका १०० बिरुवा रोपण गरिएको छ । निःशुल्क रुपमा गुर्जोका बिरुवा र यसबाट बनेका सामग्री वितरण गर्दै आउएका आन्तरिक राजश्व कार्यालय धुलिखेलका कार्यालय प्रमुख कमलबहादुर राजलवटले बिरुवा उपलब्ध गराएका हुन् ।

राजलवटले गत वर्ष पनि देशभर निःशुल्क गुर्जोका बिरुवा र सामग्री वितरण गरेका थिए । यस वर्ष पनि नयाँ भेरियन्टसहितको कोरोना तीव्र भएपछि अभियानकर्मी राजलवटले गुर्जोबाट बनेको औषधि निःशुल्क वितरण गर्दै आएका छन् ।

मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने भएकाले कोरोना महामारीमा गुर्जोको माग बढेको छ । आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तो ः तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस जन्मन्छन्, तिनलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने वचनका आधारमा गुर्जो नेपालीका लागि रोग प्रतिरोधीलगायत विभिन्न रोगमा औषधिको काम गर्ने जनाइएको छ ।

विसं २०७० जेठ ५ गतदेखि वाग्मती सफाइ महाअभियान शुरु भएको हो । महाअभियान शुरु भएपछि काठमाडौँ उपत्यकामा यसका सहायक नदीसहित चक्रपथका विभिन्न स्थान गरी २० ठाउँमा स्वतःस्फूर्त रुपमा सफाइ अभियान शुरु भएको छ । सातामा दुई देशका लागि स्वयंसेवा भन्ने नारासहित प्रत्येक हप्ता शनिबार बिहान ७ः०० देखि ९ः०० बजेसम्म सफाइ हुँदै आएको छ ।

महाअभियान शुरु भएपछि जाडो, गर्मी, चाडपर्व, भूकम्प, कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा पनि प्रत्येक हप्ता सफाइ भइरहेको छ । उपत्यकाबाहिर पनि मुख्य शहर, नदी र सांस्कृतिक सम्पदास्थलमा सफाइ भइरहेको छ । उपत्यकाबाहिर समेत गरी १०७ स्थानमा सफाइ अभियान जारी रहेको जनाइएको छ ।