२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना सङ्क्रमितका घरैमा पुगेर स्वास्थ्य सामग्री

अ+ अ-

डोटी । जिल्लामा पछिल्लो समय दैनिकरूपमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या थपिँदै जान थालेपछि उनीहरुको जीवनरक्षाका लागि यहाँका विभिन्न सङ्घसंस्थाले घरैमा पुगेर स्वास्थ्य सामग्री प्रदान गर्न थालेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार दोस्रो चरणको कोरोना भाइरसका कारण जिल्लामा कम्तीमा पनि एक हजार १०० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लामा कोरोना सङ्क्रमण निको हुने क्रमसँगै बढ्ने क्रम बढी देखिएको स्वास्थ्यकर्मी बताउँछन् ।

यसै सिलसिलामा कोरोना सङ्क्रमण भएका व्यक्ति तथा उनीहरुका परिवारको सुरक्षाका लागि जिल्लामा कार्यरत सम विकास केन्द्र नामक गैरसरकारी संस्थाले सङ्क्रमितका घरैमा पुगेर स्वास्थ्य सामग्री प्रदान गर्ने अभियान सञ्चालन गरेको छ । विदेशी दातृ निकाय एक्सनएड नेपालको सहकार्यमा उक्त संस्थाले जिल्लाको दिपायल सिलगढी नगरपालिकामा रहेका कोरोना सङ्क्रमणमा परेका व्यक्तिका परिवारलाई स्वास्थ्य सामग्री प्रदान गर्ने अभियान सञ्चालन गरेको संस्थाका अध्यक्ष अधिराज बिसीले जानकारी दिए । उनका अनुसार संस्थाले मङ्गलबार नगरपालिकाको वडा नं ५ को होमआइसोलेशनमा रहेका ३४ कोरोना सङ्क्रमितका घरपरिवारका सदस्यलाई घरैमा पुगेर स्वास्थ्य सामग्री वितरण गरेको छ ।

वडाका अन्य नागरिकमा कोरोना भाइरसको सङ्क्रमण नफैलियोस् तथा कोरोनाबाट जोगिन सावधानी अपनाउन् भन्ने उद्देश्यले होमआइसोलेशनमा रहेका घरपरिवारका व्यक्तिलाई स्वास्थ्य तथा सरसफाइका सामग्री स्यानिटाइजर, सर्जिकल मास्क, पल्स अक्सिमिटर, डिजिटल थर्मोमिटर, साबुन, पेपर टावेल र स्यानिटरी प्याडसहित प्रतिपरिवार रु दुई हजार २२७ बराबर सामग्री वितरण गरिएको संस्थाका पूर्वअध्यक्ष केशव परियारले जानकारी दिए । सामग्री वितरणका साथै विश्वव्यापीरूपमा फैलिरहेको कोभिड–१९ को महामारीबाट बच्न, रोकथाम गर्न, सुरक्षा मापदण्डको पालना गर्न पोष्टरमार्फत सचेतनामूलक जानकारी गराइएको बताइएको छ ।