२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पदपूर्तिका लागि विवरण पठाउन लोक सेवा आयोगको अनुरोध

अ+ अ-

काठमाडौँ । लोक सेवा आयोगले आगामी आर्थिक वर्ष २०७८/०७९ मा पदपूर्ति गर्नुपर्ने सङ्गठित संस्थाहरूलाई पदपूर्ति गर्नुपर्ने पदहरूको विवरण र समय तालिका पठाउन अनुरोध गरेको छ । सङ्गठित संस्थाहरूको पदपूर्ति कार्यक्रम आयोगको वार्षिक कार्यतालिकामा समावेश गर्न भन्दै असार १५ गते भित्र सुरक्षा निकाय तथा सङ्गठित महाशाखामा आइपुग्ने गरी विवरण भरी पठाउन आयोगले आग्रह गरेको हो ।

उक्त मितिभित्र विवरण उपलब्ध नभएमा सङ्गठित संस्थाहरूको पदपूर्ति कार्यक्रमआयोगको वार्षिक कार्यतालिकामा समावेश गर्न असहज हुने आयोगले जनाएको छ ।

उक्त विवरण  [email protected] वा [email protected] इमेलमार्फत पठाउन सकिने छ । विवरण पठाउँदा कार्यतालिकामा समावेश गर्ने प्रयोजनको लागि भएकाले पदपूर्तिको लागि तोकिएको समयावधिमा प्रतिशत निर्धारणसहितको विस्तृत विवरण पठाउन भनिएको छ ।

पदपूर्ति गर्नुपर्ने पदहरूको विवरण पठाउने फारामको ढाँचा आयोगको वेबसाइट www.psc.gov.np मा राखिएको छ ।

नेपालको संविधानको धारा २४३ को उपधारा २ बमोजिम सङ्गठित संस्थाका रिक्त पदमा पदपूर्तिको लागि आयोगबाट लिखित परीक्षाहरू सञ्चालन हुँदै आइरहेका छन् ।

सङ्गठित संस्थाका कर्मचारीको सेवाका सर्त सम्बन्धी कानुन, बढुवा र विभागीय कारबाही सम्बन्धी सामान्य सिद्धान्त, २०७४ बमोजिम सम्बद्ध निकायका कर्मचारीको सेवा सर्त सम्बन्धी नियम, विनियमहरू परिमार्जन गर्न सबै सङ्गठित संस्थालाई यस पूर्व नै सूचित गरेको आयोगले जानकारी दिएको छ ।

सूचना :