९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पञ्चकन्या गाउँपालिका अध्यक्षमाथि कारवाही गर्न पत्रकारको माग

अ+ अ-

काठमाडौँ । प्रकाशित समाचारका विषयलाई लिएर नुवाकोट जिल्लास्थित पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले समाचार प्रकाशन प्रसारण गर्ने सञ्चारमाध्यम र पत्रकारलाई धम्की दिएको भनी अनलाइन पत्रकार संघले विरोध गरेको छ ।

यही जेठ २६ गते पालिकाखबर डटकम र दैनिकी डटकममा सो गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्न बैंकबाट झिकेर ल्याएको रु ५० लाख र वडा नं २ सँग रहेको रु तीन लाख पञ्चकन्या –२ बाट हराएको सम्बन्धी समाचार प्रकाशन प्रसारण भएको थियो ।

रकम चोरी भएका सन्दर्भमा सम्बन्धित पालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसँग ती सञ्चारमाध्यमले आवश्यक कुरा गरी उनीहरुको भनाइ पनि समावेश गरेको जनाइएको छ । सो रकम हराएका सन्दर्भमा गाउँपालिकाले प्रहरी प्रशासनलाई खोजी गर्न आग्रह गर्दै पत्राचार गरेको र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि चासो देखाएकामा समाचार प्रकाशन प्रसारण गरेकै कारण गाउँपालिका अध्यक्ष तामाङले सञ्चारमाध्यम र पत्रकारलाई धम्की दिएको सङ्घले जनाएको छ ।

प्रकाशित समाचारका विषयमा चित्त नबुझे वा गुनासो रहे न्यायिक निरुपण गर्ने प्रक्रियागत तथा कानूनी उपचार हुँदाहुँदै ‘जुनसुकै तबरले उपचार खोज्ने’ अध्यक्ष तामाङको भनाइले प्रेस स्वतन्त्रता, विधिको शासन तथा कानूनी राजमाथि नाङ्गो हस्तक्षेप हुने र समाचार लेखेकै आधारमा पत्रकारमाथि भौतिक आक्रमण हुनेसम्मको खतरा देखिएकाले अध्यक्ष तामाङमाथि कारवाही गर्न, स्वतन्त्र पत्रकारिता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, विधिको शासन स्थापित गर्न तथा पत्रकारको भौतिक सुरक्षाप्रति संवेदनशील रहन सङ्घका अध्यक्ष शिवप्रसाद सत्यालले संघीय सरकारसमक्ष माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस