२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इथियोपियाका ३३ हजार बालबालिका मृत्युको मुखमा

अ+ अ-

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघको बालबालिका सम्बन्धी कार्यक्रम युनिसेफले इथियोपियाका टिगरे भन्ने स्थानका कम्तीमा पनि ३३ हजार बालबालिका कुपोषणका कारणले ज्यान जाने अवस्थामा पुगेका बताएको छ ।

युनिसेफले सो क्षेत्रका ५६ हजार जना बालबालिकाको अवस्था निकै नाजुक रहेको भन्दै ती मध्येमा पनि ३३ हजार जना त कुपोषणका कारणले मृत्युको मुखमा नै पुगेका बताएको छ । संयुक्त राष्ट्रसंघीय कार्यक्रम युनिसेफले सोमबार सो कुराको जानकारी दिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी गराएका छन् ।

उक्त कार्यक्रमका अनुसार सो क्षेत्र इथियोपियाको द्धन्द्धग्रस्त क्षेत्रका रुपमा रहेको छ । सो क्षेत्रमा निकै लामो समयदेखि जातीय विद्रोही समूहले हिंसा गरिरहेको छ । यसैकारणले सो क्षेत्रमा मानवीय सहायता पनि पुर्याउन सकिएको छैन । ती बालबालिका र उनीहरुका आमाबुबाको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर सो क्षेत्रमा आवश्यक खाद्य सहायता पुर्याउनु पर्ने बताइएको हो ।

युनिसेफकी कार्यकारी निर्देशक हेनरिटा फोरले सो क्षेत्रमा सहयोगका पु¥याउने कामको समन्वयका लागि र सहयोग दिनका लागि इथियोपियाको सरकार र अरु विश्वका दाताहरुमा आग्रह गरेका छन् ।

उनले उत्तरी इथियोपियामा कम्तीमा पनि २२ लाख मानिस सहयोगको आशामा रहेका बताए । उनले ती सबै नागरिकलाई सहयोग आवश्यक रहेको र उनीहरुको सहयोगका लागि आवश्यक वातावरण बनाएर उद्धार गरेर त्यहाँ सहयोग पुर्याउन सकेमा मात्र ३३ हजार बालबालिकाको ज्यान बचाउन सकिने जानकारी दिए ।