११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डकैती

अ+ अ-

जलेश्वर । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा गएराति डाकाहरुको एक समूहले सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डकैती गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सम्सी–१ स्थित सम्सी–गौशाला सडकखण्डको २०० मिटर उत्तर पश्चिमपट्टि आफ्नै घरमा राजीव ज्वेलर्स (सुनचाँदी पसल) सञ्चालन गरेका स्थानीयवासी वीरेन्द्र साहको घरमा गए राति डाकाहरुको समूहले गोली र रड प्रहार गर्दै घरका सबै सदस्यलाई घाइते बनाएर लाखौँको लुटपाट गरेका छन् ।

राति २ बजेको समयमा नौ÷दश जनाको समूहमा घरको पछाडिको ढोका फोडेर आएका डाकाहरुले नलकटुवा पेस्तोलले पसले एवं घरमूली ५० वर्षीय वीरेन्द्र साहको ढाडमा गोली हानेका छन् भने निजकी पत्नी ४५ वर्षीया सुशीला देवी, छोरा २५ वर्षीय शम्भु, छोरी २० वर्षीया कञ्चनकुमारी र अर्का छोरा १७ वर्षीय राजीवलाई अनुहार र टाउकोमा रड प्रहार गरी गम्भीर घाइते बनाएर लाखौँको लुटपाट गरेको प्रनाउ विष्टले बताए ।

घाइतेहरुलाई गए राति नै जनकपुरस्थित गोदावरी अस्पतालमा लगी उपचार भइरहेको छ । उनीहरुको अवस्था गम्भीर रहेको जनाइएको छ । डाकाहरुको समूहले वीरेन्द्रले सञ्चालन गरेको पसलबाट नगद रु दुई लाख, पाँच तोला सुन र १७२ तोला चाँदी गरी जम्मा रु नौ लाख ९७ हजार लुटपाट गरी लगेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरी र अन्य प्रहरी र्एकाइबाट डाकाहरु खोजतलासका लागि त्यस क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस